रसुवा बाढीमा बेपत्ता हुनेको खोजी र पीडितको पुनर्स्थापनामा सरकार गम्भीर बन्न ठगुन्नाको माग
प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ताको खोजी तथा पीडितको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

