२० मंसिर २०८१ बिहीबार
image/svg+xml

डेंगीबारे स्वास्थ्यमन्त्री: भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा राख्नुस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्।

कोशीमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन्।

तनहुँमा डेङ्गीसँगै झाडापखालाका बिरामी पनि बढे

सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन्। वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ।

तनहुँ अस्पतालमा झुल माग

डेंगी संक्रमणका कारण स्थानीय अस्पताल भरिएपछि अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग झुल माग गरेको छ।

पर्वतमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान

पर्वतमा दैनिकजसो डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि लामखुट्टे खोज र नष्ट अभियान थालिएको छ।

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

तनहुँमा डेङ्गी सङ्क्रमणका कारण एकजनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्दाजी ५० वर्षीय एकजना पुरुषको सोमवार मृत्यु भएको हो।

उकालो लाग्दै डेंगी संक्रमण

गत जनवरीदेखि छिटपुट रूपमा सुरु भएको डेंगी संक्रमण साउन अर्थात् (जुलाई) महिनामा अरू महिनाको तुलनामा बढी देखिएको छ।

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो।

सङ्खुवासभामा बढे डेङ्गीका बिरामी, भुईँमा राखेर उपचार गरिँदै

यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्