४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङ लागेर एकजनाको मृत्यु

चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ। शनिबार साँझ वर्षासँगै परेको चट्याङले रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका ४५ वर्षीय कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताए।

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् पर्वतका दलित समुदाय

जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन सुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन्।

पहाडमा वर्षा र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्यो यस्तो तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ।

चट्याङ लागेर अछाममा एकको मृत्यु

पानीसहित परेको चट्याङ लागेर अछाममा एक किशोरीको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका ६ झडिगाउँकी १८ वर्षीया किशोरी हिउँकला बोहराको चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी मेल्लेखका असई भोजबहादुर थापाले जानकारी दिए।

चट्याङ लागेर उदयपुरमा १ को मृत्य, ५ जना घाइते

गएराति परेको चट्याङले कटारी नगरपालिका ८ की ३७ वर्षीया कालीमाया आलेमगरको मृत्यु भएको छ भने उनकै परिवारका श्रीमान् र छोराछोरीसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उदायपुरमा हावाहुरी र चट्याङ, एकको मृत्यु

मंगलबार रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ।

वर्षा, हुरीबतास र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्याे यस्ताे तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेकाे छ।

बारामा चट्याङ लागेर ६ जना घाइते

चट्याङ लागेर इँटाभट्टाको छाप्रोमा आगो लागेको छ। कलैयाबाट भएको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको छ। त्यसै गरी हावाहुरीले रौतहटको बञ्जारामा बिजुलीको पोल लडाएको छ। सर्वसाधारणको घरको छानो उडाएको छ।

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए । राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । मृतक जनकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर दुई घाइते

चट्याङ लागेर दशरथचन्द नगरपालिका–२ देहीमाडौंमा दुई जना घाइते भएका छन्। १९ वर्षीया तुलसी रावत र २० वर्षीया ममता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

अवरुद्ध विद्युत् आयोजना सुचारु

खिदिमामा चट्याङका कारण अवरुद्ध भएको विद्युत् आयोजना सुचारु भएको छ। गत चैत १२ गते हावाहुरी तथा पानीसँगै परेको चट्याङका कारण अवरुद्ध भएको साकेला गाउँपालिका–३ खिदिमाको बोपुङस्थित तावाखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मतपछि सुचारु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्