५ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकाबाट मैले जीवन बुझेँ : अभिनेत्री नकर्मी

मलाई मनपर्ने सहर फ्रान्सको पेरिस हो । केही समयअघि म त्यहाँ पुगेकी थिएँ । धेरै पहिलेदेखि पेरिस पुग्ने धोको थियो । आफूलाई मनपर्ने सहर घुम्न पाउँदा ज्यादै खुसी लाग्यो ।

नेपाली भाषामा ड्राइभर लाइसेन्स लिन अमेरिकामा हस्ताक्षर अभियान

अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राइभर लाइसेन्स परीक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले क्यालिफोर्नियाका नेपालीहरुले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुन अमेरिकामा रहेका नेपाली भाषी समुदायलाई अपिल गरेका छन्।

अमेरिकाद्वारा नेपालको प्रशंसा

अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।

उत्तर कोरियासँग बिना शर्त वार्ता गर्न अमेरिका तयार

अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिएका हुन्।  वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उनले सो जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ।

‘अमेरिकाले युद्धको घोषणा गर्‍यो’

अमेरिकाले उत्तर कोरियामाथि सामुन्द्रिक नाकाबन्दी लगाएर  युद्धको घोषणा गरेको दाबी उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्।  उत्तर कोरियाले निरन्तर रुपमा गरेको आणविक हतियारको परीक्षण पश्चात् अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया तथा जापानले संयुक्त रुपमा सैन्य अभ्यासको सुरुवात गरिसकेका थिए । उत्तर कोरिया माथि  सामुन्द्रिक नाकाबन्दी लगाउनु पर्ने समेत अमेरिकाको दाबी छ।

अमेरिकालाई जोर्डनको चेतावनी

अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिए उसले खतरनाक परिणाम भोग्नुपर्ने जोर्डनले चेतावनी दिएको छ ।

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

अमेरिकी चाहना नै युद्ध भएको रुसका विदेशमन्त्री सर्गेइ लाभारोभको दाबी छ ।  उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको आरोप छ । विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ।

सियाेलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु

दक्षिण कोरियाको राजधानी सियोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ। यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ।

'अमेरिका र उत्तर कोरियाबीच युद्धको सम्भावना बढ्दो '

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर मकमास्टरले अमेरिका र उत्तर कोरियाबीचको युद्धको सम्भावना बढ्दै गएको बताएका छन्।

नेपाल अमेरिकासँग पराजित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेल खेल्नुअघि नेपाल अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ । च्याम्पियनसिपमा नेपालले बुधबार र शुक्रबार संयुक्त अरब इमिरेट्स(युएई)सँग अबुधाबीको शेख जायेद क्रिकेट रंगशालामा प्रतिस्पर्धा गर्नेछ।

अमेरिकाको चाहना युद्ध होइन : राजदूत हेली

उत्तर कोरियासँग व्यापार तथा कुटनीतिक सम्बन्ध त्याग्नका लागि अमेरिकाले विश्व समुदायलाई आग्रह गरेको छ।  संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले चीनले उत्तर कोरियालाई निर्यात गर्दै आएको तेल निर्यातमा बन्देज लगाउनुपर्ने बताइन्।

जापान र दक्षिणकोरियाद्वारा अमेरिकाको प्रशंसा

अमेरिकाले उत्तर कोरियालाई पुन आतंकवादी मुलुकको सूचीमा राख्ने घोषणा गरेपछि अमेरिकाको उक्त निर्णयलाई जापान, तथा दक्षिण कोरियाले स्वागत गरेका छन्।

हिंसाद्वारा निर्वाचनमा अवरोध निन्दनीयः अमेरिका

स्थानीय तहका तीन ओटै चरणका निर्वाचन व्यापक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको अवस्थामा राजनीतिक उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिकाले चिन्ता व्यक्त गरेको छ। 'हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ', काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

अमेरिकाले पुनः आणविक हतियार परीक्षण गर्ने

अमेरिका र दक्षिण कोरियाका आणविक विज्ञहरूले पुनः आणविक हातहतियार परीक्षण कार्य अगाडि बढाउने बताएका छन्। दक्षिण कोरियाको राजधानी सिओलमा अमेरिकी तथा दक्षिण कोरियाली आणविक विज्ञहरूबीच भेटवार्ता पछि यस्तो निष्कर्ष निकालिएको हो।

प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै

प्रथम ऐतिहासिक ‘उत्तर अमेरिका तामाङ सम्मेलन २०१८’ जनवरी १३ र १४ मा हुने भएको छ । तामाङ सोसाइटी अफ अमेरिकाले (टिएसए) न्यूयोर्कमा उक्त सम्मेलन गर्न लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्