४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘अमेरिकाले आतङ्ककारीलाई समर्थन गर्‍यो’

इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित भएको बताएका छन्।

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनकाे आलोचना

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो।

अमेरिकाले सबै अन्तर्राष्ट्रिय मूल्यमान्यताको उलंघन गर्‍यो : रुस

अमेरिकाले अन्तर्राष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ ।  फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो।

अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु

सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ। कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन्।

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरू सुनिएका छन्।

अमेरिकासँग युद्ध हुने रुसको दाबी

सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी रुसले दिएको छ।सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीचकाे कूटनीतिक सम्बन्धमा चिसाेपना बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन्।

सिरिया मुद्दामा तयार रहन रुसलाई अमेरिकाको चेतावनी

सिरियामा भएको भनिएको शंकास्पद रासायनिक ग्यास हमलालाई लिएर अमेरिकाले रुसलाई चेतावनी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एउटा ट्विट गर्दै सिरियामा क्षेप्यास्त्र प्रहार हुने भन्दैरुस तयारी अवस्थामा बस्न चेतावनी दिएका हुन्।

अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो।

ट्रम्पको ल्याटिन अमेरिका भ्रमण रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा ल्याटिन अमेरिकाका लागि तय गरिएको भ्रमण रद्द भएको ह्वाइट हाउसले जनाएको छ।

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको आग्रह

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनले आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले पन्डुबी बनाउन सक्ने प्रविधि बेच्नका लागि अमेरिकी उत्पादकका लागि आवश्यक पर्ने मार्केटिङ लाइसेन्सलाई अमेरिकी प्रशासनले स्वीकृति दिएपछि चीनले सोमबार ताइवानलाई हतियार बेच्ने अमेरिकी कदमको विरोध गर्ने चीनले बताएको छ।

अमेरिका - उत्तर काेरिया वार्ता अागामी मेमा

आगामी मेमा उत्तर काेरिया र अमेरिकाबीच हुने वार्तामा आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार भएको अमेरिकाले बताएकाे छ।

चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले हार स्वीकारे

पछिल्लो समय अमेरिका र चीनबीच चलिरहेको ‘ट्रेड वार’ अर्थात व्यापार युद्धमा अमेरिका पछि हटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ट्वीटरमार्फत आफू चीनसँग व्यापार युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

अमेरिकाले भरतपुरलाई सिस्टर मेट्रोपोलिटियन सिटी बनाउने

अमेरिकाको वाशिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टी मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

अमेरिकाकाे क्यालिफोर्नियास्थित यूट्युब कार्यालयमा गाेली चल्याे

अमेरिकाको क्यालिफोर्नियामा रहेकाे यूट्युब कार्यालयमा एक महिलाले चलाएकाे गाेली लागी एकजनाको मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन्। घाइतेहरुकाे उपचार भइरहेकाे क्यालिफोर्निया प्रहरीले बताएकाे छ।

चीनले कर बढाएकोमा अमेरिकाले गर्‍याे अालाेचना

चीनले अमेरिकाबाट आयात गरिने वस्तुमा कर वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्