४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दलीय कार्यकर्ता भन्दैमा योग्यता चाहिँदैन ?

दुग्ध विकास बोर्ड, विधेयक पारित अगावैको छलफलमा बोल्दै कांग्रेसकी सांसद ओमकला गौतमले भनिन्, ‘बोर्डमा दलीय कार्यकर्ता भर्ती नै गर्ने भएतापनि दक्षता र मापदण्ड तोकिनुपर्छ।’

गण्डकी प्रदेशको योजना अायाेगले पूर्णता पाउँदै

गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा उपाध्यक्ष नियुक्ति भएसँगै सरकारले बुधबार एकजना विशेषज्ञलाई थपेको छ। यसअघि सरकारले गत आइतबार प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरीधारी पौडेललाई नियुक्त गरिसकेको छ।

गण्डकी प्रदेश सरकारले हजार शय्याको अस्पताल बनाउने

गण्डकी प्रदेश सरकारले एक हजार शड्ढयाको सुविधासम्पन्न पाँचवटा विशिष्टीकृत (स्पेसलाइज्ड) रोगको उपचार गर्ने अस्पताल निर्माणको योजना अघि बढाएको छ ।

पूर्णता पाउँदै गण्डकी प्रदेशको योजना आयोग

प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष नियुक्ती भएसँगै सरकारले बुधबार एक जना विशेषज्ञलाई थपेको छ। यसअघि सरकारले गत आईतबार प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेललाई नियुक्त गरिसकेको छ।

गण्डकी प्रदेश : सबै कानुन संशोधनको तयारी

गण्डकी प्रदेश गठनको ६ महिनायता प्रदेशसभाले बनाएका सबै कानुनहरु संशोधन गर्ने तयारी गरिएको छ। आईतबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले कानुन संशोधनको प्रस्ताव पेश गरेका छन्।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन : रेलमा मिनरल वाटर बेच्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गर्दै भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी मिनरल वाटर बन्छ?, उनले थपे–खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ। रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने वस्तु मिनरल वाटर हो।’

कांग्रेसद्वारा गण्डकी प्रदेशको सदन अवरुद्ध, डा. केसीको जीवन रक्षा माग

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा हुनुपर्ने मागसहित गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबारको दोश्रो सदन बैठक अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा कांग्रेसले सदन अवरुद्ध गरेको हो।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, कांग्रेसले बैठक अवरुद्ध गर्ने

प्रदेशसभा स्थापना भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकलाई ओलीले सम्बोधन गर्नेछन्।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर प्रतिक्षी नेपाली कांग्रेस भने सम्वोधन गर्ने कार्यक्रममा अवरोध गर्ने मनसायमा देखिएको छ।

प्रदेश ४ को नाम गण्डकी

प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठकको ठ्याक्कै ५ महिनापछि नामको टुंगो लागेको छ। अघिल्लो साल माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। शुक्रबारको प्रदेशसभा बैठकले दुईतिहाई बहुमतको आधारमा प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको हो। यो प्रदेशले गत असार १८ गते पोखरालाई सर्वसम्मतिको आधारमा स्थायी राजधानी तोकेको थियो।

‘गण्डकी’ नाममा नै सबैको जित

गण्डकी नामले सबै जातजाती, भाषा, धर्म, संस्कृति, भुगोलको अपनत्व हुने प्रदेशसभामा बोल्ने सांसदहरुले प्रतिक्रिया दिएका छन्। बिहीबारदेखि प्रदेशसभा बैठकमा प्रदेश ४ को नामबारेको छलफलमा भाग लिने सांसदहरुले प्रदेशलाई समृद्ध बनाउन गण्डकी नाम सर्वसम्मत हुने बताए।

कालिगण्डकीमा खसेको जीपका चालक एकसातापछि सम्पर्कमा आए

रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपका चालक एक सातापछि सम्पर्कमा आएका छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सीमानामा दुर्घटना हुँदा बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षीय रवी खड्का र घराम्दीकी २० बर्षीया सबिता नेपाली  सम्पर्कविहिन भएका थिए।

कालिगण्डकी दोहन रोक्न अदालतको आदेश

उच्च अदालत पोखराको बागलुङ इजलासले कालिगण्डकी नदीमा डोजर, स्काभेटर प्रयोग गरेर गिटी, बालुवा निकाल्न रोक लगाएको छ। बागलुङ नगरपालिका—१ का टेकबहादुर सार्कीले कालिगण्डकी नदीको वहाव परिवर्तन गर्ने गरी ढुंगा, गिटी, बालुवा झिक्दा वातावरणीय रूपमा नकारात्मक प्रभाव परेकाले त्यसलाई रोक्न माग गर्दै दिएको निवेदनमा अदालतले निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो।

गण्डकी विकास बैंकका तीन शाखा थपिए

गण्डकी विकास बैंकले थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ र लामाचौरमा शाखा खोलेको हो ।ती शाखाबाट औपचारिक रुपमा वित्तीय कारोबार सुरु गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको बैंकले जनाएको छ ।

मनसुन सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (-याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन सुरु भएकाले -याफ्टिङ प्रभावित बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्