मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो।

