५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो।

बिहान-बेलुकी संकलन नहुँदा दूधमा पानी मिसाउन बाध्य

काभ्रेका दूध संकलकहरुले दैनिक दुई पटक (बिहान–बेलुकी) दूध नलिइदिँदा किसान बाध्य भएर पानी मिसाउने गरेको अनुगमन प्रतिवेदनले देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एफएओको सहकार्यमा हालै काभ्रेमा गरिएको अनुगमनले यस्तो तथ्य देखाएको हो।

डिडिसीविरुद्ध मुद्दा

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ। विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमुना परीक्षण गर्दा गुणस्तर न्यून पाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्