४ पुस २०८१ बिहीबार
image/svg+xml

भारतीय सहरमा ‘चलिए पोखरा’

पोखरा घुम्न आउने भारतीय पर्यटकको संख्या बढाउन ‘चलिए पोखरा’ अभियान सुरु गरिएको छ। पश्चिमाञ्चल होटल संघले भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारीका साथ यो अभियान थालेको हो। अभियानले पोखरामा बढीभन्दा बढी भारतीय पर्यटक भित्रिने व्यावसायीको अपेक्षा छ।

पाँच वर्षमा ५० प्रतिशत लक्ष्य

पोखरामा जुन–जुलाई–अगस्ट भारतीय पाहुना आउने सिजन मानिन्छ। यो पटक भारतीय पाहुनाको आगमनमा अघिल्ला वर्षभन्दा केही सुधारिएको व्यवसायीले बताएका छन्।

पोखरामा रोपाइँ महोत्सव, विदेशीको हिलो छ्यापाछ्याप (फोटो फिचर)

पोखरा महानगरपालिका–१७, महतगौडा विरुवा फाँटमा केहीवर्ष अघिसम्म बस्ती निकै नै पातलो थियो। बस्ती कम रहेको फाँटमा यो बेला धान रोप्ने किसानको चटारो मात्र देख्न पाइन्थ्यो। तर, अहिले बस्ती बाक्लिदो छ। बस्ती थपिँदै गएपछि विरुवा फाँटमा चहलपहल पनि निकै नै बढिरहेको छ।

कांग्रेसका वडाध्यक्षद्वारा महानगरमा ताला

कास्की क्षेत्र नं २ को उपनिर्वाचन हुन बाँकी छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको क्षेत्रमा निर्वाचन गर्नुपर्नेछ। निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा अन्यलाई भन्दा बढी बजेट दिएको आरोप विपक्षी वडाध्यक्षका रहेको छ। बजेट समानुपातिक नभएको भन्दै नेपाली कांग्रेसबाट जितेका वडाध्यक्षहरूले महानगरपालिको मूल गेटमै तालाबन्दी गरी धर्ना दिएका हुन्। तालाबन्दीले नगरपालिका प्रमुख मानबहादुर जिसीको सवारीसाधन महानगरपालिकामा प्रवेश गर्न पाएन। तालाबन्दी गरिए पनि सेवाग्राहीलाई भने प्रभावित नबनाइएको आन्दोलित वडाध्यक्षहरूको दाबी छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फ्रिज हुने अवस्थामा

पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो। तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने योजना सिफारिस गरेका वडाले पनि ढिलो गरी मात्र पठाएको महानगरपालिकाले जनाएको छ।

पर्यटनको बजेट कनिका छरेझैंः व्यवसायी

पर्यटन बोर्ड पोखरा कार्यालयको चालु आर्थिक वर्षको बजेट सात करोड ६६ लाख रुपैयाँ हो। बोर्डको समग्र बजेट एक अर्ब ५० करोड ७७ लाख रुपैयाँ रहेकामा पोखरा कार्यालयले पाँच प्रतिशत पाएको थियो।

फेवा किनारमा बिच भलिबल हुने

असारको पहिलो साता पोखरामा बिच भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघको तत्वावधानमा आगामी असार ५ देखि ७ गतेसम्म छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हुने सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

रोजगारी सिर्जना गर्न उद्यमशीलता तालिम

पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनामा आइतबारदेखि पोखरामा उद्यमशीलता तालिम सुरु भएको छ।

महानगरभित्रका २७ सडक स्तरोन्नती हुँदै

पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ।

पोखरामा टाटाको कार मेला

टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दीप मोटर्सको सहकार्यमा कार मेला सुरु गरेको छ। दीप मोर्टस सिप्रदीको पनि आधिकारिक बिक्रेता हो। बिभिन्न स्थानमा गर्दै आएको कार मेला शनिबारदेखि पोखरामा सुरु भएको छ। मेला आइतबारसम्म चल्नेछ। गत वर्ष झै यस वर्ष पनि देशका विभिन्न सहरमा कारमेला आयोजना गरेको आयोजकले बताएको छ।

भण्डारढिक रंगशाला परिसरमा खुला व्यायामशाला बनाइने

पहिलो चरणमा भण्डारढिक रंगशालामा एक सेट जडान गर्ने योजना रहेको उनले सुनाए। ‘अर्कोसेट सामान कहाँ राख्ने यकिन गरिएको छैन।

राष्ट्रिय बिच भलिबल पोखरा हुने

जेठको अन्तिममा साता पोखरामा नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बिच भलिबल हुने भएको छ।नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलनमार्पmत आफ्नो आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जेठ २३ देखि २५ गतेसम्म सञ्चालन गर्ने जनाएको हो।

दोबिल्लामा पशु वधशाला निर्माण गरिने

पोखरामा अत्याधुनिक वधशाला निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराको दोबिल्लामा पशु वधशाला निर्माण गरिन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्