२० आश्विन २०८१ आइतबार
image/svg+xml

डेँगुको संक्रमणले झापामा एकको मृत्यु

झापाको कमल गाउँपालिका–४ का एक बालकको डेँगुको संक्रमणले मृत्यु भएको छ। स्थानीय फोनिक्स अंग्रेजी विद्यालयमा अध्ययन गर्ने वर्ष १४ का रिजेन राईको मृत्यु भएको हो।

मलाई धम्क्याउनेसँग मेरै क्षेत्रका राजनीतिक व्यक्तिको कनेक्सन छः सांसद लिङ्देन

झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्क्याउन आफ्नै क्षेत्रको राजनीतिक व्यक्तिको संलग्नता भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देनलाई केही दिनअघि ‘५० लाख दे, नभए मार्दिन्छु’ भन्दै निरन्तर मोबाइलमा धम्की आएको थियो। पैसाका लागि मात्रै कसैले धम्की दिएको हुनसक्छ भन्ने आशंका भइरहेका बेला सांसद लिङ्देनले झापामा पत्रकार सम्मेलन गर्दै झापाकै एक जना अपाराधिक व्यक्ति र आफ्ना क्षेत्रका राजनीतिक व्यक्तिको पनि संलग्नता भएको दाबी गरे।

आर्मीलाई झापा गोल्डकपको उपाधि

घरेलु मैदानमा झापा ११ लाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो झापा गोल्डकपको उपाधि जितेकोे छ। सोमबार भएको फाइनल खेलमा झापा ११ लाई ५–३ गोलले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो।

झापा गोल्डकप : उपाधि जोगाउन र इतिहास बनाउन भिडन्त

चौथो झापा गोल्डकपको उपाधिका लागि घरेलु टोली झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो पटक सोमबार आमने–सामने हुँदै छन् । झापा–११ यसअघिका तीनवटै संस्करणमा झापा गोल्डकपको उपविजेता हो । आर्मीले भने पहिलो र तेस्रो संस्करणको झापा गोल्डकपको उपाधि चुमेको थियो।

झापा गोल्डकप : आर्मीले दाउफिन्सलाई फेरि रोक्यो

क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले हराउँदै शनिबार डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गर्यो ।

झापा गोल्डकप : आयोजक झापा उपाधिनजिक

थ्री स्टार क्लबलाई हराउँदै आयोजक झापा–११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। झापाले रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार सुरक्षित गरेको छ।

दाउफिन्स सेमिफाइनलमा

रूपन्देही ११ लाई २–० ले पराजित गर्दै क्यामरुनको दाउफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीनवटा प्रतिष्ठित गोल्डकपको उपाधि हात पार्न सफल क्यामरुनी क्लबको जितसँगै झापा गोल्डकपको पहिलो चरणका खेल सकिएका छन् ।

टाइब्रेकरमा थ्री स्टार भाग्यमानी

गोलरक्षक एलन न्यौपानेले दुई पेनाल्टी रोकेपछि थ्री स्टार क्लब विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै झापा गोल्डकपको सेमिफाइलमा प्रवेश गरेको छ । थ्री स्टार टाइब्रेकरमा ३–० ले भाग्यमानी साबित हुँदा मगमग झापा गोल्डकपको सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा थ्री स्टारले आयोजक मगमग झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

सुखानीमा पहिलोपटक दाहाल र ओली

सुखानी हत्याकाण्ड भएको ४६ औ वर्षपछि मुलुकको ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सँगै सम्बोधन गरेका छन्। विगतमा एकिकृत माओवादी र नेकपा एमाले हुँदा बेग्लाबेग्लै सुखानी सहिद स्मृति दिवस मनाउदै आएका यी नेताहरू पहिलोपटक सुखानीमा एकसाथ देखिएका हुन्।

झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी अन्तिम चारमा

सशस्त्र प्रहरीको एपिएफ क्लबलाई क्वार्टरफाइनलमा रोक्दै त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। एपिएफलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चार सुरक्षित गरेको हो।

हङकङ नेप्लिज एकेडेमीलाई रोक्दै आयोजक झापा–११ सेमिफाइनलमा

पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई १–० ले पछि पार्दै आयोजक झापा ११ ले मगमग झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। जितका लागि झापा ११ का कप्तान कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। निशान्त खड्काको क्रस पासमा हेडमार्फत गोल गर्दै लिम्बुले झापालाई अग्रता दिलाए।

मोरङलाई रोक्दै एपिएफ क्वार्टरफाइनलमा

मोरङ ११ लाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिपएफ क्लब आइतबार झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको पहलो हाफ गोलरहित बराबरी भएको थियो।

सहारालाई हराउँदै झापा–११ को विजयी सुरुवात

मगमग झापा गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा सहारा क्लब पोखरालाई २–० ले हराउँदै आयोजक झापा–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।

झापा ११ माथि दाउफिन्सको फराकिलो जित

झापा ११ लाई भारी गोलअन्तरले हराउँदै पाहुना टोली दाउफिन्स एफसी क्यामरुन बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्