२० आश्विन २०८१ आइतबार
image/svg+xml

ब्राउनसुगरसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

झापामा सबैभन्दा ठूलो क्यान्सर अस्पताल सञ्चालनमा

बीएण्डसी अस्पताल परिसरमा ६ सय करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो। निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ।

रहेनन् ‘डाक्टर बा’

नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ। भारतबाट एमबिबिएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसेर त्यस क्षेत्रका बिरामीहरूको निःशुल्क उपचार गरेका थिए।

बुङ्कुलुङको तरकारी झापातर्फ निर्यात

ताप्लेजुङको फुङ्लिङमा उत्पादित तरकारी धमाधम झापातर्फ निर्यात हुन थालेको छ। फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको बुङ्कुलुङमा उत्पादित तरकारी झापाको बिर्तामोडतर्फ निर्यात हुन थालेको हो।

झापाका १४ पालिका बाढीबाट प्रभावित

झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ।

झापाका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

झापाका दमक नगरपालिका-३ का ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।

तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ।

झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण

कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ।

झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो।

पाहुना टोली सिक्किम क्वार्टरफाइनलमा प्रवेश

पाहुना टोली एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लबलाई ५–२ गोलले पराजित गर्दै सिक्किम क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

लागूऔषधविरुद्ध तिहारमा कभवेभ ब्यान्डको कन्सर्ट

‘से नो टु ड्रग्स’ मुल नारासहित झापाको झिलझिलेमा बृहत सांगीतिक कन्सर्टको आयोजना हुने भएको छ। समाजसेवी क्लबको आयोजनामा आगामी कात्तिक ८ गते तिहारको अवसर पारेर कन्सर्ट आयोजना हुने भएको हो।

बजारमा ‘छायाँको लस्कर’ आउँदै

झापा आन्दोलन ताका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेका विद्यार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ नामक पुस्तक लिएर आउँदै छन्।

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनले विज्ञप्ति जारी गरी पार्टी परित्याग गरी सत्तारुढ दल नेकपा प्रवेशको घोषणा गरोक हुन्।

माछा पोखरीमा डुबेर बालकको मृत्यु

भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछा पोखरीमा डुबेर मृत्यु भएको छ। सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्