१९ आश्विन २०८१ शनिबार
image/svg+xml

छोराछोरी स्कुल नपठाउने अविभावकलाई ‘रातोकार्ड’

दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षीय टेकबहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आएपछि उनी अचम्ममा परे ।

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् ।

आमाको हत्या गरी बाबुले आत्महत्या गरेपछि छोराछोरीको बिचल्ली

घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन्। बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए।

जहाँ दलितका छोराछोरी मात्रै पढ्छन् !

बैतडीमा एउटा यस्तो विद्यालय छ जहाँ दलितका छोराछोरी मात्रै पढ्छन् । न्वाली गाविस– ३ मा रहेको खोदमनाथ प्राविका सबै विद्यार्थी दलित समुदायका छन्। विद्यार्थीमात्रै होइन, शिक्षकपनि दलित समुदायकै छन्। ३ कक्षासम्म पढाई हुने सो विद्यालयमा ९७ जना विद्यार्थी अध्ययनरत छन्।

भूकम्पले छोराछोरी, काबुलले पति लुट्यो

बालाजु हाइटको लोलाङ बस्ती । भुइँतलाको बाहिरपट्टि एक हुल पुरुष छन् । सबै मलीन, कोही कसैसँग बोल्न सकिरहेका छैनन् । भित्र कोठामा महिलाहरू छन्, ती पनि मौन । सबैका आँखा रसाएका देखिन्छन् । शोकको माहोलबीच अर्धचेत अवस्थामा बर्बराइरहेकी छन्, मैयाँ कोइराला ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्