४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गृह मन्त्रालयमा क्यामेरा निषेध

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमै बम बिस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ।

सिंहदरबारका पुराना गाडी प्रदेशमा

सिंहदरबार परिसरमा केही वर्षदेखि बा१झ ६५८४ नम्बरको गाडी प्रदेश ३ सरकारको मातहत पुगेको छ। उक्त गाडी प्रदेश ३ को प्रदेश प्रमुख कार्यालयका लागि हस्तान्तरण गरिएको हो। सिंहदरबार पसिरमा थन्काइएका पुराना गाडी प्रदेश सरकार, स्थानीय तह या अन्य कुनै सरकारी कार्यालयले लिन चाहे हस्तान्तरण गर्ने निर्णय प्रधानमन्त्री कार्यालयले गरेको छ। सो निर्णयपछि गाडीको अभाव भएका प्रदेश सरकार, स्थानीय तह र अन्य सरकारी कार्यालयले विधि र प्रक्रिया पु¥याई सिंहदरबारका पुराना गाडी लिन थालेका छन्।

सिंहदरबारका पुराना गाडी प्रदेशमा

सिंहदरबार परिसरमा केही वर्षदेखि बा१झ ६५८४ नम्बरको गाडी प्रदेश ३ सरकारको मातहत पुगेको छ। उक्त गाडी प्रदेश ३ को प्रदेश प्रमुख कार्यालयका लागि हस्तान्तरण गरिएको हो। सिंहदरबार पसिरमा थन्काइएका पुराना गाडी प्रदेश सरकार, स्थानीय तह या अन्य कुनै सरकारी कार्यालयले लिन चाहे हस्तान्तरण गर्ने निर्णय प्रधानमन्त्री कार्यालयले गरेको छ। सो निर्णयपछि गाडीको अभाव भएका प्रदेश सरकार, स्थानीय तह र अन्य सरकारी कार्यालयले विधि र प्रक्रिया पु¥याई सिंहदरबारका पुराना गाडी लिन थालेका छन्।

सिंहदरबारमा खुल्यो वाणिज्य बैंकको शाखा

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी सांसदहरुले लामो समयदेखि संसदमा सिंहदरबारभित्र राष्ट्रिय बैंकको शाखा खोल्न माग गरिरहेका बेला वाणिज्य बैंकले २१८ औं शाखा खोलेको हो।

सिंहदरबारको पश्चिम भागलाई रेट्रोफिटिङ गरेर संरक्षण गरिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गर्ने भएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिए।

सिंहदरबारमा नेपाली बैंकलाई अनुमति दिन माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरबारभित्र प्रवेश अनुमति दिन माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा नेता रावलले भारतीय बैंकसँगको संयुक्त लगानीमा सञ्चालित एभरेस्ट बैंकलाई मात्र अनुमति दिइएको बारे अर्थमन्त्री युवराज खतिवडासँग प्रश्न गरे।

सिंहदरबारका क्यान्टिन खाली गरिँदै

सिंहदरबार परिसरभित्र मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिन खाली गरिने भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार त्यहाँ चारवटा मात्र क्यान्टिन राख्ने बताइएको छ। टेन्डर प्रक्रियामार्फत स्वीकृति नलिएका क्यान्टिन खाली गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले चासो राखेपछि क्यान्टिन खाली गर्ने तयारी भएको स्रोतको भनाइ छ। हाल कृषि तथा पशुपन्छी विकास, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, पर्यटन, भूमि व्यवस्था तथा सहकारी र महिला तथा बालबालिक मन्त्रालय परिसरमा खोलिएका सात वटा क्यान्टिन बन्द भइसकेको सचिवालयल व्यवस्थापन कार्यालयले जनाएको छ।

‘गोपी’प्रति दुई मन्त्रीको चासो

गाईपालन गरेर स्वरोजगार हुन चाहने एक युवाको कथा समेटिएको फिल्म ‘गोपी’ प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले चासो देखाएका छन्।

‘सिंहदरबारको अधिकार सहरकै वडामा आएन’

जनताको चाहना अनुसार नै काम गरिरहेका छौं। जनताको आधारभूत आवश्यकता, सडक, खानेपानी, ढल, ब्लक ओछ्याउने लगायतका कामलाई प्रथामिकतामा राखेर काम गरिरहेका छौं। जनप्रतिनिधि भएर आएको २० महिना भइसक्यो। महानगरपालिकाको ३२ वडामध्ये सबैभन्दा धेरै विकास निर्माणको काम मेरै वडामा भएको छ।

‘सिंहदरबार आयो, किसानलाई बजेट आएन’

खोटाङका किसानले संघीयताको अभ्यासका क्रममा पशु व्यवसाय प्रवर्द्धनका कामलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन्। पशुसेवा कार्यालयको सट्टामा बनाइएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय उद्घाटनका क्रममा उपस्थित किसानले केन्द्रको अधिकार गाउँमा आएको नारा अनुसार पशुपालन व्यवसाय प्रवर्द्धनमा बजेटको व्यवस्था नगरेको बताए।

सिंहदरबारको पश्चिमी भाग पनि प्रबलीकरण गर्न सकिने

भूकम्पका कारण क्षतिग्रस्त बनेको मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिमी भागको पनि प्रवलीकरण(रेट्रोफिटिङ) गर्न सकिने देखिएको छ। उक्त भवनको उत्तर, पूर्व र दक्षिण भागमा भइरहेको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ।

जनताको घरदैलोमै सिंहदरबार पुग्छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइने बताएका छन् । संविधानको कार्यान्वयन तथा जनतालाई परिवर्तनको महसुस गराउन स्थानीय तहमा कर्मचारी र पूर्वाधार अभावका कारण जनप्रतिनिधिले काम गर्न नसकेको बताए।

सिंहदरबारको पुनर्निर्माण १८ महिनाभित्र सकिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन्। उनले भने, ‘सिंहदरबार अब भत्काउनुपर्दैन्। प्रवलीकरण गर्ने हो। हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं। ढिलोमा १८ महिनामा काम सम्पन्न हुन्छ। हामीले १५ महिनामा सक्छौं भनेर अनुमान गरेका छौं। साह्रै ढिलो भयो भने पनि १८ महिनामा सम्पन्न गर्छौं।’

भद्रगोल निजामती

देश संघीयतामा गएको जनाऊ दिने संविधान घोषणा भएको पनि ३ वर्ष भइसक्यो । यसबीच घरघरमा सिंहदरबार भनिए पनि राजनीतिक संयन्त्रको विस्तारबाहेक जनताले पाउने सेवामा खासै परिवर्तन आउन सकेको छैन । एउटा सरकारको सट्टा ७६१ वटा सरकार त बने तर सरकार सञ्चालन गर्ने महत्वपूर्ण अंग कर्मचारीको व्यवस्थापन हुन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्