११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पौडेलको इन्काउन्टर कि हत्या ?

प्रमुख सत्तारूढ दलकै सांसदले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुमार पौडेललाई भिडन्तका नाममा हत्या गरिएको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालले जबाफ दिएपछि प्रमुख सत्तारूढ दल नेकपाकै सांसदले आपत्ति जनाएका छन्। उनीहरूले एकतर्फी गोली हानेर पौडेललाई मारेको आरोप लगाएका छन्।

प्रदेश सांसदको आरोप अर्थमन्त्रीद्वारा खण्डन

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सांसदलाई पैसा बाँड्न नखोजेको दाबी गर्दै बजेटमा नयाँपन भएको बताएका छन्। प्रदेशको आव ०७६/७७ को राजस्व र व्यय (बजेट)को अनुमान माथिको प्रश्नको जवाफ दिँदै उनले प्रदेश सरकारले बजेट कार्यान्वयन वैज्ञानिक ढंगले प्रभावकारी रुपमा गर्ने बताए। ‘प्रदेश पूर्वाधार कार्यक्रमले सांसदलाई पैसा बाँडेको भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘सरकारले प्रदेशको सन्तुलित विकास गर्ने आशयले कार्यक्रम समावेश गरेको हो।’ उक्त कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि बनाई प्रत्यक्ष निर्वाचित वा समानुपातिक सांसदको भूमिका तथा कार्यक्रममा प्रकृति प्रस्ट पारिने उनले दाबी गरे।

सचिवले सांसदलाई गलत बुझेको भनेपछि...

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले 'सांसदहरुले गतल बुझेको’टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केही बेर स्थिति तनाबपूर्ण बन्यो।

प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न नसकेपछि नेकपाका सांसद निराश !

‘प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्नु भएको छ। त्यो अगाडिको म गर्दिन भन्नेचैँ पूरा भएको छ। त्यो गर्न दिन्न भन्नेचैं पूरा भएन।’ उल्लेखित भनाई प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको हो।

साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

सांसद रेशम चौधरीलाई उपचारका क्रममा पनि साङ्लोले बाँधिएकोतस्बिर विभिन्न सांचारमाध्यमसहित समाजिक संजालमा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन्।

कर्णाली प्रदेशः बजेटप्रति सत्तारुढ सांसदकै असन्तुष्टि

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७६/०७७ को बजेट आफू हातहत केन्द्रित गरेको भन्दै सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन्।

बजेटबारे प्रदेशसभामै चर्काचर्की

प्रदेश–३ सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको विपक्षी दल र सत्तारुढ दलका सांसदहरुबीच चर्काचर्की गरेका छन्। प्रदेशसभा बैठकमा बिहीबार भएको आव २०७६/७७ को राजस्व र व्ययको अनुमानमाथि प्रारम्भीक छलफलमा सांसदहरु बजेटको पक्ष र विपक्षमा प्रस्तुत भएका हुन्।

‘पारमाणविक पदार्थको अनुमति निजी क्षेत्रलाई दिन हुँदैन’

प्रतिनिधिसभाका सांसदहरूले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्।

फिर्ता लिन प्रधानमन्त्रीलाई आफ्नै सांसदको दबाब

विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदले जोड दिएका छन्।

पुरानो सहमति सम्झाउँदै एकनाथ ढकालले मागे सांसद सदस्य

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संसदमा आफ्नो पार्टीको प्रतिनिधित्व हुनु पर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्वाचन अघिको ३ बुँदे सहमति कार्यान्वयन गर्न उनले ध्यानाकर्षण समेत गराएका छन्।

लोकसभामा विजयी दर्जनौ सांसद अपराधिक मुद्दा झेल्दै

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ऐतिहासिक विजय प्राप्त गर्यो। तर यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा पैसा, शक्ति र संदिग्ध नैतिकताको प्रभावलाई पनि चित्रण गरेको विश्लेषकहरुको भनाई छ।

बजेट नदिएको भन्दै सांसदद्वारा सांसद नै कुटिइन्

केन्यामा आफ्नो निर्वाचन क्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ।

सांसदलाई ल्याप्टप बाड्ने निर्णयमा झाँक्रीको विरोध, संसदीय गरिमा नरहने चिन्ता

सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्याप्टप बाड्ने संसद सचिवालयको निर्णयको विरोध गरेकी छिन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सांसदलाई प्रविधिमैत्री बनाउने नाममा ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक रहेको र यो गर्न नहुने बताइन्।

विधेयकप्रति सत्तारुढ सांसदकै असहमति

राष्ट्रियसभाद्धारा पारित प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति प्रतिनिधिसभाका सांसदहरुले असहमति जनाएका छन्।

बजेटमा सत्तारुढ सांसदकै मौन विरोध, रोस्टम गएर रावल नबोलेपछि...

सरकारले ल्याएको बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले विरोध जनाएका छन्। कैलालीबाट निर्वाचित सांसद झपट रावलले मंगलबारको बैठकमा रोस्टममा मौन उभिएर सांकेतिक विरोध जनाए। सभामुख कृष्णबहादुर महराले ‘रेष्ट’ लिँदा जेष्ठ सदस्य राधा ज्ञवालीले संसद सञ्चालन गरिरहेकी थिइन्। ज्ञवालीले ६ मिनेट समयसहित रावललाई बोल्नका लागि रोस्टममा बोलाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्