२४ असार २०८१ सोमबार
image/svg+xml

मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन्। विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन्।

मलेसियामा ज्यान गुमाएका बिष्टको दाहसंस्कार

साउन १६ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजानेक्रममा ज्यान गुमाएका रनबहादुरको १३औं दिनमा बिहीबार दाहसंस्कार गरिएको हो।

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेका परिवारलाई दिइने (बिमासमेत) रकम जोड्ने हो भने वर्षमा दुई अर्ब रूपैयाँ हाराहारी खर्च हुने गरेको छ।

विदेशबाट फर्किएका युवा लागे फलफूल खेतीमा

डिभिजन वन कार्यालय खोटाङले निःशुल्क बेर्ना उपलव्ध गराएपछि मवेन्द्रले जेठो दाजु प्रताप, माईली भाउजु भगवती राईसँग मिलेर तीन वर्षदेखि बाँझिएको करिब १७ रोपनी बारीमा कागतीका विरुवा लगाएका छन्। केसीराजले भने धान रोपाई हुँदै आएको खेतमै कागती लगाएका छन्।

रोकिएन मलेसियामा श्रमिकमाथि ज्यादति

चार वर्षदेखि मलेसियामा रहेका परियारले केही समयअघि मात्र फर्निचर कम्पनीमा काम गर्न थालेका हुन्। त्यसअघि उनले एक मार्टमा काम गर्थे। नेपालबाट जाने बेलाको भन्दा बढी पारिश्रमिक पाइने लोभले उनले फर्निचर कम्पनीमा काम गर्न थालेको बताए।

त्रिकोणात्मक क्रिकेट: मलेसियामाथि फराकिलो जित

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभर सकिन पाँच बलअगावै १ सय ४८ रनमै समेटिएपछि नेपालले लिगका चार खेलमध्ये तीन जितसहित शनिबार डच टोलीविरुद्ध उपाधि चुनौती प्रस्तुत गर्ने भएको हो।

त्रिकोणात्मक शृंखला: ठूलो सफलताबाट चुक्यो मलेसिया

अन्तिम ६ बलमा ७ रन बनाउन नसक्दा ट्वान्टी–२० मा ३१औं वरीयताको मलेसियाले जारी शृंखलामा पहिलो जितका साथै १७औं वरीयताको डचविरुद्ध सफलता निकाल्ने अवसर गुमायो।

मलेसिया र नेदरल्यान्डको टोली काठमाडौंमा

मलेसियाको १४ खेलाडीसहित २० सदस्यीय टोली नेपाल आएको छ। नेदरल्यान्डको भने १४ सदस्यीय खेलाडीसहित १९ जनाको टोली नेपाल आएको छ। यी दुवै टोलीको मंगलबार कोरोना परीक्षण भएको छ। नेपालले आगामी वैशाख ४ गते नेदरल्यान्डसँग खेल्दै शृंखलाको उद्घाटन हुनेछ।

मलेसियामा जाने श्रमिकलाई अनिवार्य सामाजिक सुरक्षा

सर्वाधिक श्रम स्वीकृति लिने र धेरै नेपाली श्रमिकको मृत्यु हुने गन्तव्यको रूपमा चिनिएको मलेसियामा रोजगारीका लागि जाने नेपालीलाई त्यहाँको सामाजिक सुरक्षा संस्था (सोक्सो) मा आबद्ध गराइने भएको छ। केही दिनअघि मन्त्रिपरिषद् बैठकले नेपाली श्रमिकलाई सोक्सोमा आवद्ध गराउने प्रक्रियाका लागि वैदेशिक रोजगार बोर्डलाई जिम्मा दिएको छ।

मलेसियामा निर्मम ढंगले सुरक्षा गार्ड कुटिएको भिडियो : दुवै नेपाली भएको पुष्टि

केही दिनअघि एक जना सुरक्षा गार्ड अत्यन्तै क्रूर तरिकाले लाठीले कुटिएकाे भिडियाे भाइरल भएकाे थियाे। त्यसबारे मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान गर्दा दुवै व्यक्ति नेपाली भएकाे पुष्टि भएकाे हो ।

मलेसियाबाट फर्किंदै १२ हजार ७७५ नेपाली (सूचीसहित)

लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै बस्न बाध्य १२ हजार ७ सय ७५ नेपालीले स्वदेश फर्किन पाऊँ भन्दै मलेसियास्थित नेपाली दूतावासमा निवेदन दिएका हुन् ।

‘लकडाउन’ले अड्कियो मलेसियामै शव

‘लकडाउन’का कारण मलेसियामा एक नेपालीको शव अड्किएको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का कारण अन्र्तराष्ट्रिय उडान नहुँदा खोटाङको साकेला गाउँपालिका–३ खिदिमा कोक्राका कुलबहादुर खत्रीको शव मलेसियामै अड्किएको हो। गत चैत २५ गते ज्यान गुमाएका खत्रीको शव ‘लकडाउन’का कारण मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको मलेसियामै रहेका उनका भतिजा तिलाबहादुर खत्रीले जानकारी दिए।

मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पुर्‍याएको छ।

मलेसियाका प्रधानमन्त्री मोहिउद्दिन यासिनद्वारा शपथ

मलेसियाका प्रधानमन्त्री मोहिउद्दिन यासिनले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्