१० मंसिर २०८१ सोमबार
image/svg+xml

५० करोडको लागतमा बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने

खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ।

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।

शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा

दुर्गम सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्।

हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ।

एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

एभरेष्ट बैंकले मायादेवी गाउँपालिका १ पकडी कपिलवस्तु तौलिहवामा शाखा कार्यालय मातहत रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ।

मेची राजमार्गको भिरबाट भ्यान खस्दा एकजनाको मृत्यु

इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कफी खेती प्रवर्द्धनमा डाँडापारिका दुई गाउँपालिका

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि) मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन्।

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्।

संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल

सामुदायिक वनबाहेक हामीसँग मध्यवर्ती क्षेत्र छन्, अन्नपूर्ण र कञ्चनजंघा संरक्षण क्षेत्र छ, ‘होमस्टे’ छन्, आमा समूह छन्। हामीसँग हिउँचितुवा संरक्षण समितिहरू छन्। यी सबैमा समानता भनेको स्थानीय समुदायको सहभागिता हो। यस्ता थुप्रै अवधारणा छन् जसले विश्वमा नेपाललाई चिनाइरहेका छन्।

किराँत धार्मिकस्थल रहेको वडामा पहिचानका उम्मेदवारलाई बढी मत

किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका वडा ५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्