सम्बन्धन खारेज माग गर्दै प्रदर्शन (फोटो/भिडियो)
काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धनको विरोध गर्दै विवकेशील साझा पार्टीले काठमाडौँमा घण्ट सभा गरेको छ ।
काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धनको विरोध गर्दै विवकेशील साझा पार्टीले काठमाडौँमा घण्ट सभा गरेको छ ।
प्रक्रिया मिचेर पूर्वाधारै नपुगेको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय खारेजीका लागि सरकारलाई निर्देशन दिन संसद्मा प्रस्ताव दर्ता भएको छ। पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगन थापा प्रस्तावक तथा सांसदहरू श्याम श्रेष्ठ र रुक्मिणी चौधरी समर्थक रहेको सार्वजनिक महत्वको उक्त प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको हो। प्रस्तावमा सम्बन्धन दिने निकाय त्रिविका कुलपतिका हैसियतले प्रधानमन्त्रीले नै उक्त निर्णय रोक्नु अपरिहार्य भएको भन्दै प्रधानमन्त्री र सरकारलाई संसद्ले निर्देशन दिनुपर्ने उल्लेख छ।
त्रिवि उपकुलपति तीर्थ खनियाँले प्रधानमन्त्री कार्यालयदेखि थुपै निकायले निरन्तर दबाबपछि आफूले 'पूर्वाधार नपुगेको' काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको बताएका छन्। प्रक्रियाविपरीत कार्यकारी परिषद्बाट ठाडै सम्बन्धन दिने निर्णयको बचाऊ गर्दै खनियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को ताकेतापछि यस्तो निर्णय गर्न बाध्य भएको बताएका हुन्।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन आफ्नो सहमति र संलग्नता नरहेको जनाएको छ। संस्थानका डिन डा. जगदीशप्रसाद अग्रवालले उक्त मेडिकल कलेजलाई सम्बन्धनका लागि सम्भाव्यता अध्ययन टोलीले प्रस्तुत गरेको प्रतिवेदन छलफलकै क्रममा रहेको र आइओएम विद्यापरिषद् (फ्याकल्टी बोर्ड) बाट हालसम्म कुनै निर्णय नभएको बताए।
त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको एघारौं अनशन जारी रहँदा त्रिवि कार्यकारी परिषद्ले 'पूर्वाधारै नपुगेको' घट्टेकुलोस्थित काठमाडौं नेसनल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको खुलासा भएको छ।
मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापासहितका कांग्रेस मन्त्रीले जाँदाजाँदै सरकारले विवादित निर्णय गर्न नहुने भन्दै आपत्ति जनाएपछि दाहाल पछि हटेका हुन्।
डा. गोविन्द केसीसँग पटकपटक गरेका सम्झौता र प्रतिवद्धताविपरीत झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीलाई चर्को दबाब दिएका छन्।
चिकित्सा शिक्षासम्बन्धी ऐन पास नहुँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन तथा सञ्चालन अनुमति नदिन चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग राखेर डा. गोविन्द केसी अनशनमै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा झापाको एक कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाइएको पाइएको छ।
मन्त्रिपरिषदका यसअघिका निर्णय तथा डा.गोविन्द केसीसँग भएका सम्झौता उल्लंघन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो दवाबमा नेपाल मेडिकल काउन्सिलले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बधन दिन बाटो खुला गरिदिएको छ।
-वरिष्ठता मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनको जिम्मेवारी पाएका डा. केशवप्रसाद (केपी) सिंहले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने संकेत गरेका छन्।
व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा शिक्षासम्बन्धी नीति नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन नदिने गरी डा. गोविन्द केसीसँग भएका पूर्वसम्झौता कार्यान्वयनका लागि निर्देशन दिएका छन्।
डाक्टर गोविन्द केसीका माग पूरा गराउन सरकारले पक्रिया थाल्ने भएको छ। प्रधामन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले केसीसँग सहमति गरिएका मागहरु पूरा गर्न पक्रिया थाल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए।
सत्ताबाहिर रहँदा सरकारसँग हुने सम्झौता कार्यान्वयनका लागि बचन दिएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पछिल्लो समय आफूनिकटका कलेजलाई सम्बन्धन दिन उद्यत रहेको आरोप डा. केसीले लगाए ।