१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ।

पेरिसडाँडा र धुम्बाराहीमा ओली र दाहालको अवलोकन ( फोटो फिचर)

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नेताहरूले तत्कालिन एमाले केन्द्रीय कार्यालय धुम्बारही र माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडाको अवलोकन गरेका छन्।

बारामा २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन

यस वर्ष बारामा करिब २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ। खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४–७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो।

बाराको नाका हुँदै रौतहटमा तस्करी,

रौतहट प्रहरीले नेपाल भारत सीमावर्ती नाकामा कडाई गरेपछि बाराको नाका हुँदै रौतहट तर्फ तस्करी फस्टाएको पाइएको छ। मंगलबार बिहान सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करीको माल समान बरामद गरेपछि रहस्य सार्वजनिक भएको हो।

बारामा १ अर्ब ६३ करोड बराबरको आलु उत्पादन

बारामा यस वर्ष १ अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको १ लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ। मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए।

बाराका नेताको पर्सामा अनसन

छिमेकी जिल्ला बाराबाट आएका विभिन्न राजनीतिक दल तथा विभिन्न क्षेत्रका १४ जना अगुवाहरूले प्रदेश नं २ को राजधानी यहाँ बनाउनुपर्ने माग गर्दै पर्साको वीरगन्जमा अनसन बसेका छन् । उनीहरूले राजधानीको माग गर्दै सुरु भएको आन्दोलन पर्सावासीको मात्र नभएर छिमेकी जिल्ला समेतको सरोकार हो भनी जनाउन आइतवार सबै अनसनकारी बाराबाट नै सामेल भएको बताएका छन् ।

बारामा माछा महोत्सव

नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ।

बारामा अवैध काठ बरामद

महेन्द्रनगरबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको छ । हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले मंगलबार सालको चिरान काठ बरामद गरेको हो ।महेन्द्रनगरको एक घरबाट करिव तीन लाख बराबरको अवैध सालको चिरान काठ बरामद गरेको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र सिंहले बताए ।

कांग्रेसका चौधरी बारा १ बाट विजयी

नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी वारा १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २४४५० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका अच्युत प्रसाद मैनालीले २२०३० मत प्राप्त गरे। चौधरी पूर्व स्वास्थ्यमन्त्री हुन्।

बारामा दम्पतीको हत्या

गाई फर्म सञ्चालन गर्दै आएका जितपुर सिमरा उपमहानगरपालिका बजनी टोलका एक कृषक दम्पतीको हत्या भएको छ । कृषक दम्पती ३६ वर्षीय दीपक सुवेदी र उनकी ३२ वर्षीया पत्नी दीपा सुवेदीको हत्या भएको बारा प्रहरीले जनाएको छ।

प्रदेश-२\बारा : जित दोहोर्‍याउने दाउ

मंसिर २१ गते गर्न लागिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत बारामा कांग्रेसका तीन उम्मेदवार तेस्रो पटक, फोरम–राजपा गठबन्धनका दुई र वाम गठबन्धनका एक उम्मेदवार दोस्रो पटक जित निकाल्न चुनावी मैदानमा उत्रेका छन् ।

बारामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

जितपुर सिमरा उपमहानगरपालिका ५ बकुलियामा प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिएको विषयमा बिहीबार राती प्रहरी र गाउँले बीच झडप हुँदा दुबै तर्फ गरी आधा दर्जन घाइते भएका छन्।

तालबाराहीको भेटी अझै पूजारीकै पोल्टामा

कानुनले भेटी व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवस्थापन समितिलाई दिए पनि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा यो नियमले छोएको छैन। तालबाराहीमा संकलित लाखौं रुपैयाँ भेटी अझै पनि पूजारीको पोल्टामा जाने गरेको छ। मन्दिरकै पैसाले पूजारी घरपरिवार चलाउने गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्