१० मंसिर २०८१ सोमबार
image/svg+xml

क्रिकेटबाट पाँच खेलाडी मनोनयन

क्रिकेटबाट पाँच खेलकर्मी समावेश गर्दै सोमबार पल्सर स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ।

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको खेलाडीहरूको वर्चश्व रहेको छ । चार विधामा क्रिकेटका छ जना मनोनयनमा परेका छन्।

काङ्ग्रेस बैठकको एजेन्डा: पदाधिकारी मनोनयन

नेपाली कांग्रेसले पदाधिकारी मनोनयनका लागि शुक्रवार छलफल गर्ने भएको छ। शुक्रवार दिउसो बस्ने निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकमा पदाधिकारी मनोनयनका विषयमा छलफल हुने नेका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

कांग्रेसले पदाधिकारी मनोनयन गर्दै

नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ।

कांग्रेसले पदाधिकारी मनोनयन गर्दै, बैठक स्थगित गर्न पौडेल पक्षको माग

नेपाली कांग्रेसको १३ औं महाधिवेशन भएको २६ महिनापछि सभापति शेरबहादुर देउवाले आज (सोमबार) पदाधिबारी मनोनयनका लागि नाम प्रस्ताव गर्ने भएका छन्। पार्टी कार्यालय सानेपामा सोमबार बिहान साढे आठ बजे बस्ने निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको बैठकमा देउवाले पार्टी र पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्न लागेका हुन्।

पिपल्स च्वाइसको मनोनयनमा सन्दिप

इन्डियन प्रिमियर लिग (आइपीएल) को टोलीमा अनुबन्ध हुने पहिलो नेपालीको रुपमा इतिहास लेखाएका क्रिकेटर सन्दिप लामिछानेले अर्को महिना हुने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको पुरस्कार जित्न भलिबल, फुटबल, गल्फ र टेबल टेनिसका चार खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

कांग्रेसमा पदाधिकारी मनोनयनको तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशन भएको २६ महिनापछि पदाधिकारी मनोनयनको गृहकार्य सुरु गरेका छन्। पदाधिकारी अन्य निकाय गठन नहुँदा देउवाको चौतर्फी आलोचना भइरहेका बेला केन्द्रीय समितिको आगामी बैठकमा नाम प्रस्ताव गर्ने गृहकार्यमा उनी जुटेका हुन्।

मनोनयन दर्ताका लागि राष्ट्रपति बानेश्वर जाँदै

भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउँदै छिन् ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको समय तोकिएको छ। बुधबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि उम्मेद्वारी दर्ताको समय निर्धारण गरिएको हो।

नेता चयनका लागि आज मनोनयन दर्ता

सोमबार हुने काँग्रेस संसदीय दलको नेता छनोटको चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ । संसदीय दलको नेताको उम्मेद्वारले आइतबार अपराह्न ६ बजेदेखि ७ बजेसम्म मनोनयन दर्ता गर्नसक्ने संसदीय दल नेता छनोटका लागि गठन गरिएको निर्वाचन समितिले जनाएको छ।

राष्ट्रिय सभामा सिफारिसमा परेका मनोनयनमा नपरेका सर्वोच्चमा

राष्ट्रिय सभा सदस्यको लागि सिफारिसमा परेका तर मनोनित नभएका तीन जना सर्वोच्च अदालत पुगेका छन्। शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यका लागि तीन जनालाई सिफारिस गरेको थियो। तर केपी ओली नेतृत्वको सरकारले उनीहरुको सिफारिस फिर्ता लिँदै नयाँ तीन जनालाई सिफारिस गरेपछि सांसद हुन नपाएका तीन जनाले सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन्।

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा १२ को मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १मा १२ जनाले मनोनयनपत्र दर्ता गरेका छन्। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार मनोनयनदर्ताको अबधिमा प्रदेश नम्बर १ का ८ सिटका लागि १२ जनाले मनोनयनपत्र दर्ता गरेका हुन्।

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सुरु

राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु भएको छ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ। उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्