१० मंसिर २०८१ सोमबार
image/svg+xml

नागरिककर्मी लम्साल सम्मानित

महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट नागरिककर्मी हिमाल लम्साल सम्मानित भएका छन्। काठमाडौं महानगरपालिकाको २५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन्।

‘नाष्ट प्रविधि पुरस्कार’बाट घिसिङ सम्मानित

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ नाष्ट प्रविधि पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’बाट शुक्रबार घिसिङलाई सम्मानित गरेको हो ।

कक्षा २ मा अध्ययनरत ७६ वर्षीय वृद्धा सम्मानित

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुढेसकालमा कक्षा २ मा अध्ययनरत बृद्धालाई सम्मान गरेको छ।

पूर्वबक्सर सिद्धार्थविक्रम सम्मानित

पूर्वबक्सिङ खेलाडी सिद्धार्थविक्रम भण्डारी क्षेत्री सम्मानित भएका छन्। नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र निवर्तमान महासचिव दीपक गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्दै आएका भण्डारीलाई सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

आफ्नै रगत दिएर बिरामी बचाउने डाक्टर सम्मानित

रोल्पा उद्योग वाणिज्य संघले लामो समयदेखि जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई सम्मान गरेको छ।

हिमाल डेउडा रत्न

लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित विष्टको योगदानको कदर गर्दै सम्मानित गरिएको अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्टले बताए। बिष्ट ‘हाइ तेरा घोप्टे जुँगा तन तेरा घोप्टे जुँगा’ जस्ता चर्चित डेउडा गीतका गायक हुन्।

नागरिकर्मी दङ्गाल सम्मानित

चौतारामा आयोजित विशेष समारोहबीच खानेपानीमन्त्री बीना मगरले ६८ औं जिल्लाको रुपमा सिन्धुपाल्चोकलाई खुला दिसामूक्त घोषणा गरेकी थिइन्।

प्रितम सम्मानित

भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्य सम्मानित भएका छन्। सोमबार सुन्धारास्थित सिभिल मलले आयोजना गरेको कार्यक्रममा सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले उनलाई सम्मान गर्दै उपहार प्रदान गरेका थिए।

नागरिककर्मी चामलिङ सम्मानित

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ महाधिवेशन उद्घाटनका अवसरमा नागरिककर्मी चामलिङलगायत विभिन्न जिल्लाका सातजनालाई सम्मान गरिएको हो।

सविना र गोविन्द सम्मानित

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले वर्षको उत्कृष्ट खेलाडीका रूपमा सविना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ।ललितपुरको मानभवनस्थित ललित पार्टी भेन्युमा महासंघले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्षखेलाडी २०७५ बाट सम्मानित गरिएको थियो। खेलाडीसँगै समान १ प्रशिक्षक, जिल्ला संघ र इन्स्ट्रक्टरलाई सम्मान गरिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष अञ्जन धमलाले बताए।

साहित्यिक स्रष्टा सम्मानित

आख्यानकार डा.ध्रुवचन्द्र गौतमले आफ्ना आमाबाबुका नाममा स्थापना गरेको दीप–गोविन्द स्मृति सम्मान कोषले गद्य लेखन र समालोचनामा सक्रिय स्रष्टाहरुलाई सम्मान गरेको छ।

समाजसेवी साधकहरू

इतिहासका केही सम्मानित समाजसेवी हुन्– माधवराज जोशी, दयावीरसिंह कंसाकार, आबाल ब्रह्मचारी षडानन्द अधिकारी, कृष्णप्रसाद कोइराला र योगमाया।

लोक स्रष्टा सम्मानित

राष्ट्रिय स्तरमा स्थापित भएर योगदान पु-याएका कलाकारलाई सम्मान गरेको धौलागिरि सांस्कृतिक समितिका संयोजक कृष्ण समिप सुवेदीले बताए।

नागरिककर्मी श्रेष्ठसहित ११ पत्रकार सम्मानित

मकवानपुरका नागरिककर्मी अशोकसुजन श्रेष्ठ उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डबाट सम्मानित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्