४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

शरद ऋतुको आरोहण : १२०० आरोही हिमालमा

सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन्। सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन्।

३ करोड लगानीमा माछापालन

कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले तीन करोड रुपैयाँको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन्। पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो।

निर्मल पूर्जाको हिमाल आरोहणमा ‘विश्व रेकर्ड’, ७ महिनामा विश्वका १४ हिमालको आरोहण

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन्। सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही भएका छन्।

सगरमाथा संवाद चैतमा

नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो।

आरोहण बन्द हल्ला मात्रै

पर्वतारोहणका लागि खुला गरिएका चार सय १४ हिमालमध्ये कुनै पनि हिमाल आगामी बर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको पर्यटन बिभागले प्रष्ट पारेको छ।

पर्वतारोहणबाट ५५ करोडमाथि राजस्व

चालु आव ०७५/७६ को जेठ ११ सम्ममा सगरमाथासहित अन्य ३२ हिमाल आरोहणबाट ५५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । विदेशी आरोहीको संख्या उत्साहजनक रुपमा बढेकाले यो वर्ष पोहोरको तुलनामा झण्डै १९ प्रतिशतले पर्वतारोहण राजस्व बढेको बढेको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा आरोहणको सिजन सकियो, ६ सय आरोही शिखरमा, १० जनाको मृत्यु

सगरमाथा हिमालको यो वर्षको आरोहण सिजन सकिएको छ। सोमबार अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

प्रकोप न्यूनीकरण गर्न तटबन्धन

माडी नगरिपालिकामा चुरे पर्वतबाट बग्ने सानाठूला १८ खोला छन्। ती खोलाका कारण वर्षात्को समय माडीमा सधैं बाढीको उच्च जोखिम हुन्छ। माडी नगरपालिका–६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेरै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटकपटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गरिने

सरकारले पर्वतको फलामखानीबाट फलाम उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ। महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको खानीलाई उत्खननका लागि आगामी आर्थिक वर्ष ०७६/७७ मा सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने भएको हो।

नेपालकै लामो झोलुङ्गे पुल शिलान्यास

बागलुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ। पाँच सय ६७ मिटर लामो उक्त पुल निर्माणका लागि शनिबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका छन्। करिब डेढ दशक अघिदेखि निर्माणका लागि चर्चामा रहँदै आएको पुलले अबको दुई वर्षमा मूर्त रुप पाउनेछ। बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरि निर्माण थालिएको झोलुङ्गे पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुनेछ। पुल करिब साढे २५ मिटर झोलुङ्गो हुने स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए।

पर्वतारोहीका लागि तयारी खाना

पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि तयारी प्याकिङ खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेस्ट ट्रेकर्स फ्युल’ ब्रान्डमा नेपालमा पहिलोपटक सार्वजनिक गरिएको खाद्य पदार्थ हाल तीन किसिमका रहेको बताइएको छ । एक वर्षभित्र दाल, भातसहित २० वटा खाद्यान्न प्याकेटमा ल्याइने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

एपिएफलाई वर्षको आठौं उपाधि

विभागीय टोली एपिएफले बुधबार पर्वतको कुस्मामा सम्पन्न दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।

राष्ट्रिय संस्कृति/सांस्कृतिक राष्ट्रियता

नेपाल भूमि मानव सभ्यताको केन्द्रभूमि हो। किनकि यहाँको मानवीय सभ्यता, धर्म, कला, संस्कृति राष्ट्रियता विश्वकै पुरानो आदर्शका रूपमा प्रतिविम्बित रहेको पाइएको छ। महर्षि वेदव्यास भन्नुहुन्छ, ‘संसारमा पवित्र हिमाल छ। त्यसको वरिपरि एक योजनदेखि पाँच योजनसम्म घेरा भएका मेरु (पर्वत) शृङखलाहरू छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्