८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग

महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो।

आगलागी नियन्त्रणमा न जनशक्ति न उपकरण

आगलागी र डढेलोका घटना बर्सेनि बढिरहेका छन्। यसबाट मानवीय, आर्थिक र पर्यावरणीय क्षति बढ्दै गए पनि रोकथामका लागि सरकारले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन।

तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि...

मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन्। लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गरेका स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन्।

सूर्योदयमा प्राङ्गारिक चियाखेती अभियान

उनका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ सुरु हुन्छ। हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो।

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

स्याङ्जाको गल्याङ नगरपालिका–६ पिँडीखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन्।

पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा ...

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन्।

पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर

दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ।

कृषि पेसामा लागेका धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ।

वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका केशवबहादुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका ३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन्।

उराठ बन्दै गएको 'खर्क'

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन; वार्षिक १५ लाखसम्म कारोबार,आठ लाखसम्म बचत

नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा बागलुङ डिगाड गाउँपालिका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्