२६ आश्विन २०८१ शनिबार
image/svg+xml

‘राहुल झुटको नायक’

भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री एवं बिजेपी नेता शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन्। गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ।

भारतलाई ४ रनले पराजित गर्दै न्युजिल्याण्डले जित्याे टी-२० सिरिज

न्युजिल्याण्डले भारत विरुद्धको टी-ट्वान्टी श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। तीन खेलको सिरिज एकएकको बराबरी रहेको अवस्थामा आइतबार सम्पन्न रोमाञ्चक अन्तिम खेलमा घरेलु टोली न्युजिल्याण्डले भारतलाई ४ रनले पराजित गरेको हो।

सरस्वती पूजा कार्यक्रममा सांसदको गोली हानी हत्या

भारतकाे पश्चिम बंगालमा एक जना सांसदको गोली हानी हत्या गरिएको छ। पश्चिम बंगालमा तृणमुल कांग्रेस(टीएमसी) का विधायक सत्यजित विश्वासलाई अपरिचित व्यक्तिले गोली हानेको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन्।

भारतसँग थप दुई बन्दरगाह माग

तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि नेपालले भारतसँग थप दुई बन्दरगाहको माग गरेको छ। माग गरिएका नयाँ बन्दरगाह  मध्य गुजरातको मुन्द्रा र उडिसाको धमरामा रहेका छन्। अहिले नेपालले आन्ध्र प्रदेशको बिशाखापटनम र कोलकाताको हल्दिया बन्दरगाह प्रयोग गर्दै आएको छ।

भारतमा मदिरा सेवनबाट ६० भन्दा बढीको मृत्यु

भारतमा विषाक्त मदिरा सेवनबाट ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेशका दुई जिल्ला र उत्तराखण्डको रुड्कीमा विषाक्त मदिरा सेवनबाट दर्जनौं मानिसको मृत्यु भएको छ। सय भन्दा बढी मानिस विभिन्न अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्।

इपिजीको प्रतिवेदन भारतले बुझ्छ, कार्यान्वयनमा जान्छ : राजदूत आचार्य

भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन्। शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित विशेष साक्षात्कारमा उनले इपिजीको प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको तर्क गरे। इपिजीले तोकिएकै समय सीमाभित्र प्रतिवेदन तयार पारेको उनको भनाई छ।

१० भारतीय माओवादी मारिए

मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा १० माओवादी लडाकु मारिएका छन्।

टी–२० क्रिकेटमा भारतको लज्जास्पद आर

भारतले बुधबार आफ्नो ट्वान्टी–२० शृंखलाको अहिलेसम्मकै लज्जास्पद हार बेहोरेको छ। वेलिङ्टनमा भएको पहिलो ट्वान्टी–२० खेलमा भारतलाई ओपनर टिम सेइफर्टको ८४ रनप्रेरित घरेलु टोली न्युजल्यान्डले ८० रनको हार चखाएको हो।

भारतीय विश्वविद्यालयमा नेपालीलाई छात्रवृत्ति

भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराएको छ। यो छात्रवृति एकाध विद्यार्थीको लागि नभएर त्यस विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न भर्ना हुने सबै विद्यार्थीको लागि समान छात्रवृत्ति व्यवस्थाको घोषणा विश्वविद्यालयका उपकुलपति प्राडा राज सिंहले बताएका छन्।

मोदीलाई पराजित गर्न साझा आर्थिक योजना ल्याउँदै विपक्षी

भारतमा आसन्न संसदीय निर्वाचनको सरगर्मी तीव्र गतिमा बढिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)विरुद्ध केन्द्रीय र क्षेत्रीय रूपमा विभिन्न गठबन्धन बनिरहेका छन्।

नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रावृत्ति

भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीहरुका लागि छात्रावृत्ति उपलब्ध गराउने भएको छ।

भारतीय पाहुनाका लागि ‘नाका’मा प्रवर्द्धन

भारतको उत्तरपूर्वी भेगबाट पोखरामा पाहुना ल्याउन यहाँका व्यवसायीले प्रवर्द्धन थालेका छन्। भारतसहित बंगलादेश र भुटानबाट समेत पाहुना पोखरा भित्र्याउन सकिने व्यवसायीको विश्वास छ।

नेपालको मुख्य प्रस्ताव भारतीय वस्तुमा शुल्क

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा बिहीबारदेखि पोखरामा हुन लागेको द्विपक्षीय छलफलमा नेपालले चार दशकदेखि भारतीय कृषि तथा औद्योगिक वस्तु आयातमा दिँदै आएको शून्य भन्सार सुविधा खारेज गर्ने प्रस्ताव फेरि उठाउने भएको छ।

विद्यार्थी पक्राउ गरिएकोप्रति अमेरिकासँग भारत आक्रोशित

नक्कली विश्वविद्यालयमा भर्ना भएको भन्दै संयुक्त राज्य अमेरिकामा आफ्ना १२९ विद्यार्थी पक्राउ परेपछि भारतले कूटनीतिक विरोध जनाएको छ। अवैध आप्रवासनलाई लक्षित गर्दै अमेरिकी अधिकारीहरुले एउटा नक्कली विश्वविद्यालय खडा गरेका थिए। सोही विश्वविद्यायमा भर्ना हुन आएका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको हो।

अन्तिम खेलमा भारत विजयी

भारतले घरेलु टोली न्युजिल्यान्डसँगको पाँच खेलको एकदिवसीय क्रिकेट शृंखला ४–१ ले आफ्नो बनाउँदै आगामी विश्वकपमा उत्कृष्ट हुने संकेत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्