६ आश्विन २०८१ आइतबार
image/svg+xml

दुई कोरियाबीच सैनिक तहमा छलफल

उत्तर र दक्षिण कोरियाका उच्च सैनिक नेतृत्वबीच सीमावर्ती सहर पानमुनजोममा मंगलबार वार्ता भएको छ।

नेपालगञ्जमा खुल्याे ५० शैय्याकाे सैनिक अस्पताल

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गरेका छन्।

संयुक्त सैन्य अभ्यासमा महिला सैनिक

भारतको उत्तराखण्डस्थित पिथौरागढमा नेपाल र भारतका सैनिकबीच चलिरहेको प्रतिआतंकवाद तथा प्रतिविद्रोह सैन्य अभ्यासमा पहिलोपटक नेपाली महिला सैनिकले भाग लिन अवसर पाएका छन्। अभ्यासमा नेपालका तर्फबाट महिला सैनिकको एउटा सेक्सनसहित तीन सय सैनिकले भाग लिएको सेनाले जनाएको छ। अभ्यासमा अधिकृतको नेतृत्वमा नौजना महिला सैनिकले भाग लिइरहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।

उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज सेना भित्रैबाट उठेको, सो वार्तामा आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने त्रास रहेको अवस्थामा ट्रम्पसँग सिंगापुरमा वार्ता गर्दा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुनसक्ने बताइएको छ।

मोदी सुरक्षाका लागि २५ भारतीय सैनिक जनकपुरमा

नेपाली पक्षले सुरक्षाको तयारी गरिरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि २५ जना भारतीय सुरक्षाकर्मी नेपाल आएका छन्।

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा २५ जना मारिए

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ।

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै छन्।

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

नेपाली सेनाले दक्षिण सुडानमा नेपाली शान्ति सैनिकमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेको छ। विहीबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै बाहिर खबर आएजस्तो नेपाली शान्ति सैनिक बलात्कारमा संलग्न नभएको स्पष्ट पारेको हो।

सैनिक पत्नीलार्इ प्रहरीका सर्इले एसिड छ्यापेपछि...

ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड छर्किएका छन्। पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ।

भूपू गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायतसँग वार्ता गर्छुः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन्।

सैनिक अभ्यासको निरीक्षणमा प्रधानसेनापति

प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हे.क्वा.मा सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गरेका छन्। विहीबार उनले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, फिल्ड ट्रेनिङ्ग अभ्यासमा सहभागी भएका शिक्षार्थीद्वारा प्रस्तुत प्रदर्शनीको अवलोकन लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै अभ्यासमा भाग लिने फौजलाई सम्बोधन गरेका थिए।

सिरियामा नौ टर्कीस् सैनिक मारिए

उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन्।  उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्कीस् सैनिक मारिएका बताइएको छ। टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ।

अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १ सयको मृत्यु

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। उक्त विमान राजधानी नजिकैको वुफरिक सैनिक हवाई अड्डामा दुर्घटनामा परेको थियो। मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

मोदीसँग कालापानीबाट भारतीय सैनिक हटाउने विषय राख्न माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ बुँदे सुझावपत्र बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्