४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश २ : नवनियुक्त प्रदेश प्रमुख झा र प्रदेश सरकारबीच सम्बन्धको सकस !

प्रदेश सरकारले प्रदेश प्रमुखलाई विमानस्थलमा पहिलाका प्रदेश प्रमुखजस्तो स्वागत गरेको नदेखिएपछि मुख्य मन्त्री लालबावु राउत सोमबार बिहान मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यकक्षमा भेटेर पुष्प गुच्छाबाट स्वागत गरेका छन्। तर, मुख्यमन्त्रीको सञ्चार सचिवालयले यसलाई स्वागत नभनेर भेटघाट भनेको छ।

प्रदेश २ः प्रतिशोधको राजनीतिले प्रदेश प्रमुख परिवर्तन

प्रदेश २ मा दोस्रोपटक प्रदेश प्रमुख परिवर्तन भएको छ। गत कात्तिक २० गते सरकारले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गर्दा प्रदेश २ मा रत्नेश्वरलाल कायस्थको ठाउँमा तिलक परियारलाई नियुक्त गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखबाट परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ।

काम चलाउ सरकारले प्रदेश प्रमुख बर्खास्त र नियुक्तिजस्ता काम गर्नै मिल्दैन : कांग्रेस

नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा भएको प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिको विरोध गरेको छ। सरकारले तिलक परियारलाई पदमुक्त गरेर रौतहटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकोप्रति कांग्रेसले विरोध जनाएको हो।

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राैतहटका राजेश झा नियुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्। शुक्रबार प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम राैतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उपाध्यक्षको रिट निवेदनमाथि अन्तरिम आदेश

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजीनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्