बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
पूर्वसांसद् नरेन्द्र साहले गृह जिल्लाका प्रहरीलाई ‘साइरन’ जडित ६० थान साइकल प्रदान गरेका छन्। इलाका प्रहरी कार्यालय हीरापुरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसांसद् साहले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई ती साइकल प्रदान गरेका हुन्।
त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्ला मालारानी स्थायी घर भएका बर्ष ३५ को लेख मगरको मृत्यु भएको हो।
मेचीनगरमा रहेका पेट्रोल पम्पमा नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो
मटिहानी नगरपालिकाले नगर क्षेत्रभित्र बसेबास गर्ने २२ जना कुष्ठ रोगबाट पीडितलाई साइकल वितरण गरेका छ।
सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन दुर्घटनामा परेका छन्। बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको नाममा रहेको १ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले बताएको छ।
विद्यार्थीको खेलप्रतिको रुचीलाई मध्यनजर गर्दै हौसला प्रदान गर्न नुवाकोटको लिखु गाउँपालिकाका दुई युवाले साइकल वितरण गरेका छन्।
जिल्लाको पाणिनी गाँउपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।
जनकपुरधामका एक युवाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जनकपुरदेखि सगरमाथा सम्मको साइकल–यात्रा सुरू गरेका छन्। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र नेपाली–नेपालीबीच सद्भाव बढाउने उद्देश्यका साथ जनकपुरधामका ३२ वर्षीय युवा रञ्जीत साहले साइकल–यात्रा आरम्भ गरेका हुन्।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताएका छन्।
उच्च शिक्षातर्फ आकर्षित गर्नका लागि गौशाला नगरपालिकाले ५३ दलित छात्रालाई साइकल वितरण गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार सवारी दुर्घटनामा पुरुषको मृत्यु भएको छ। एक महिला गम्भीर घाइते छिन् ।
यस पल्टको यात्रा छोटो थियो। यात्रा वसन्तपुरबाट सुरु भएर दरवार मार्ग हुँदै भद्रकाली, बानेश्वर, बुद्ध नगर, शंखमुल भई मंगल बजारमा पुगेर टुङ्गियो। त्यहाँ सानो भाषणको कार्यक्रम पनि राखिएको थियो।
काठमाडौं महानगरपालिका १५ ठूलोभर्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ठूलोभर्याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका ८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो।
जिल्लाको हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा बिहीबार मध्यान्ह ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पछाडि सवार अर्का युवक गम्भीर घाइते भएका छन्।