१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अग्नी पीडितका लागि हङकङमा राहत संकलन

खोटाङको हलेसीका अग्नी पिडितका लागि हङकङमा ५ लाखभन्दा बढि राहत संकलन भएको छ। नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले निर्माण गरेको टहरामा कष्टकर जीवन बिताइरहेका अग्नी पीडितको सहयोगका लागि सञ्चालन गरिएको अभियानकाक्रममा ४० हजार १ सय ८० हङकङ डलर संकलन गरिएको खोटाङ समाजका पुर्वअध्यक्ष तेजप्रकाश राईले बताए।

भलिबलमा नेपालद्वारा हङकङ पराजित

नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ। हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो।

नेपाल र हङकङले अनुभव आदान-प्रदान गर्ने

नेपाल भलिबल संघ र हङ्कङ भलिबल संघबीच शुक्रबार भएको औपचारिक भेटमा दुई देशको प्रशिक्षकबीच अनुभव आदान-प्रदान गर्ने मौखिक सहमति भएको छ।

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेटमा मंगलबार हङकङलाई ४ विकेटले हराउँदै नेपाली किशोर टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको छ ।

नेपालद्वारा हङकङ पराजित

थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ।  थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो। जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।

हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा

आइसीसी महिला टि– २० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् ।

हङकङमा नेपाली सेनाका धावकलाई स्वर्णपदक

नेपाली सेनाका धावकले हङकङमा भएको ट्रेल रेसमा स्वर्णपदक जितेका छन्। साई कुङ देखी टियुन मुनसम्म भएको १ सय किलोमिटर रेसमा नेपाली सेनाका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।

हङकङ सरकारबाट म्याग्दीकी गुरूङ सम्मानित

म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छिन्। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई  चिफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ बाट सम्मानित गरिएको हो।

हङकङसँग अंक बाँड्दा नेपाल डिभिजन–२ मा झर्‍यो

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप (डब्लुसिएल) को हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल विश्व क्रिकेट लिग च्याम्पिनसीप डिभिजन २ मा झरेको छ। हङकङसँग सोमबारका लागि तय भएको खेल वर्षाले रद्द हुँदा नेपाललाई नोक्सान भएको हो। खेल हुन नसकेपछि नेपाल र हङकङले १ -१ अंक बाँडेका छन्।

नेपाल हङकङसँग पराजित

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल हङकङसँग पराजित भएको छ। टस जितेर फिल्डिङ रोजेको नेपाली टोली हङकङको घरेलु मैदानमा ८३ रनले पराजित भयो। पहिला ब्याटिङ गर्दै हङकङले १९४ रन बनाएको थियो।

हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल

इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी विश्वकपको क्रिकेट छनोट प्रतियोगितामा सिधै छनोट हुन नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शुक्रबार हङकङलाई जित्नुको विकल्प छैन । प्रतियोगिता डेढ वर्ष वर्षपछि हुँदैछ ।

हङकङमा जित्नैपर्ने बाध्यता

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले सोमबार आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत असोज २७ र २९ गते हुने हङकङविरुद्धको खेल खेलाडीको करियरसँग जोडिएकाले राम्रो क्रिकेट खेल्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल विरुद्ध हङकङको खेल यूट्युवमा लाइभ

आगामी शुक्रबार र आइतबार हुने नेपाल विरुद्ध हङकङको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण यूट्युव मार्फत गरिने भएको छ ।

हङकङलाई हराउँदै नेपाल एसिसी यु-१९ पूर्वी क्षेत्र च्याम्पियन

नेपाल हङकङलाई हराउँदै एसिसी यु–१९ पूर्वी क्षेत्र छनौटमा च्याम्पियन बनेको छ। मलेसियामा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै नेपालले एशिया कप खेल्ने निश्चित भएको छ।

क्यान्सरपीडितलाई संखुवासभा समाज हङकङको सहयोग

क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ। नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्