९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा

कठमाडौं– आइसीसी महिला टि– २० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् ।

टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाएकी थिइन् ।

नेपालले समूहमा ६ अंक बनाउदै तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । थाइल्याण्ड र यूएई ९ र ८ अंक बटुल्दै क्रमशः पहिलो र दोस्रो स्थान बनाउँदै ग्लोबल क्वालिफार्यसमा छनोट भएका छन् ।

त्यस्तै हङकङ र मलेसिया ५ र २ अंक बटुल्दै समूहमा क्रमशः चौथाँ र पाचौँ स्थान बनाए ।  चीनले भने सबै खेल पराजित हुँदै अंकको पुच्छारमा रह्यो ।

 

प्रकाशित: ११ मंसिर २०७४ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App