८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

हस्तकला व्यापार मेला सुरु

१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता शुक्रबारदेखि राजधानीमा सुरु भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित होटल हायात रिजेन्सीमा सुरु भएको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका छन्।

हस्तकला व्यापार मेलाको तयारी पूरा

मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहनेछन्। साथै मेलाको झन्डै एक लाख जनाले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रूपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ।

१८औँ हस्तकला व्यापार मेला होटल ह्यात रिजेन्सीमा

हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो। मेला बारे बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला सुरु

एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर अवलोकन गर्न सकिने पाँचदिने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका गरी ८० स्टल छन्।

राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरेको जनाएको छ। सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासङ्घले लिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको संवर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे।

हस्तकलाका सामाग्री चोर्ने पक्राउ

प्रहरीले १२ लाख मूल्य बराबरको हस्तकलाका (काँस तथा पित्तल) सामग्री चोरी गरेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ।

हस्तकलाका सामग्री चोर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो।

हस्तकला व्यापार मेला तथा प्रतियोगिता हुने

नेपाली हस्तकलाका वस्तुको स्थानिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु-याउने तथा निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्न मेला आयोजना गर्न लागेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ।

केरुङमा नेपाली हस्तकला

नेपाली हस्तकलाको प्रवर्द्धनका लागि चीनको केरुङमा सञ्चालन भई रहेको दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार, पर्यटन तथा संस्कृति मेलामा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ।

केरुङमा नेपाली हस्तकला प्रदर्शन

नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ।

आम्दानीको स्रोत बन्दै हस्तकला

बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, मलेखुका सुरेन्द्रप्रसाद त्रिपाठी हस्तकलाका सामान बेचेर मासिक ४० हजार कमाई गर्छन्।

सार्क हस्तकला प्रदर्शनी मङ्गलबजारमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन निकै सहयोग गर्ने बताएका छन्।

पुराना टायरबाट आकर्षक घरायसी सामान

सामान एउटा प्रयोजनका लागि ल्याइन्छ। तर, त्यसको उपयोगपछि फ्याँकिन्छ। फ्याँक्ने अवस्थामा पुगेको वस्तु अर्को प्रयोजनका लागि उपयोग हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ।

नेपाली हस्तकला चिनाउँदै सकियो ललित व्यापार मेला

ललितपुरमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको लागि उचित ठाउँको बन्दोबस्त मिलाउनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललित अन्तर्राष्ट्रिय व्यापार मेला आइतबार समापन गरिएको छ। ललितपुर उद्योग वाणिज्य संघले पुल्चोक, नटोलस्थित मदनस्मारकको प्रांगणमा मेला आयोजना गरेर संघ, प्रदेश र स्थानीय तहलाई सो विषयमा ध्यानाकर्षण गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्