७ आश्विन २०८१ सोमबार
image/svg+xml

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा रेल सेवा अन्यौलमा

जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ।

प्रधानमन्त्रीद्वारा अधिकारकर्मी भूमिकालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकाेमा हार्दिक बधाई ज्ञापन गरेका छन्।

एमसिसी चाहिन्छ भन्नेहरुले अहिले दोहोरो चरित्र देखाए: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताएका छन्।

त्यतिबेला वीपीकाे कदमकाे प्रशंसा गर्दै खनाल

राजनेता वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ।

सरकारमा लोसपालाई ल्याउने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई स्थानीय तहको निर्वाचनअघि नै सरकारमा सहभागी गराउने गृहकार्यमा छन्।

जनताका समस्या समाधान गर्ने पार्टी एमाले हो: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन्।

कांग्रेस र एमाले पैसाको बोरा बोकेर निर्वाचनमा जाने पार्टी हो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

अहिलेको सरकार जरा बिनाको मुला हो: केपी ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

गठबन्धन चुनावसम्मै कायम रहन्छः प्रधानमन्त्री देउवा

वीरगन्जमा बिहीबार आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको योे गठबन्धनको सहकार्य टुट्दैन।’ प्रधानमन्त्री देउवाले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धनमा रहेका दलहरूसँग मिलेर चुनाव लड्ने बताए।

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आवश्यकता हो

प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रूपान्तरणसम्म पनि योगदान पुर्‍याइरहेको बताएका छन्।

एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन्।

प्रधानमन्त्री देउवा वीरगञ्जमा

प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन्। केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए।

प्रधानमन्त्री देउवा-फ्रान्सेली प्रतिनिधिमण्डल भेट: व्यापार र लगानी अभिवृद्धिमा जोड

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।

गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन्।

परराष्ट्र सम्बन्ध र अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप

मानव अधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले आफ्नो पालामा रूखको पात ओइलिएर खस्दा पनि ओली सरकारले गर्दा खसेको भन्दै रोइकराइ गर्नेहरू अहिले अर्थतन्त्र ध्वस्त हुँदा र परराष्ट्र सम्बन्ध बिग्रिँदा पनि चुपचाप बसेको आरोप लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्