२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

त्यतिबेला वीपीकाे कदमकाे प्रशंसा गर्दै खनाल

राजद्रोही राजनेता ‘डकुमेण्ट्री फिल्म’ निर्माण

राजनेता वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ। 

डकुमेण्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ।

स्वदेश फर्किएपछि कसरी वीपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेण्ट्रीमा देखाइएको छ। नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेण्ट्रीमा उतारिएको छ।

डकुमेण्ट्री हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दक्षिण एशियामा भारत सोभियत गठबन्धनले साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका कारण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा वीपीले चालेका कदमको प्रशंसा गरे।

उनले वीपीको उक्त कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको शाहसिक कदमका रुपमा चित्रण गरे। पूर्व प्रधानमन्त्री खनालले त्यो बेलामा वामपन्थी कम्युनिष्टहरुले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेण्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा राखे।

प्रकाशित: ३० फाल्गुन २०७८ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App