१० मंसिर २०८१ सोमबार
image/svg+xml

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानी ट्यांकी सहयोग गरेको छ।

मुर्कुटीमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

महालक्ष्मीको मोबाइल बैंकिङमा स्तरोन्नति

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेको छ।

ग्लोबल आइएमईको शाखा कटारी बजारमा

ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सिटिजन्स र द एभरेस्ट होटेलबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्