२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इटहरीमा ठूला होटल तथा लज खुल्ने क्रम बढ्दो

पूर्वकै उदाउँदो सहर इटहरीमा स्वदेशी–विदेशी पर्यटकलाई लक्षित गरी ठूलो लगानीमा नयाँ होटल र लज खुल्ने क्रम बढेको छ । यहाँ चाँडै नै अहिलेसम्मकै ठूलो लगानीको होटल गरिमा खुल्दैछ।

इटहरीमा टाटा मोटर्सको कार मेला

इटहरीको ओसन पार्कमा टाटा मोटर्स कार मेला सिजन थ्री शुक्रबारबाट सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकल आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदी ट्रेडिङ वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त आयोजनामा उक्त मेला सुरु भएको हो।

ग्यास सिलिण्डर पड्कँदा इटहरीमा आगलागी

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा एक करोड नोक्सानी भएको छ।

इटहरीका अग्रज साहित्यकार लुगुनको निधन

जीवनमा कहिल्यै पनि विद्यालयको मुख नदेखेका स्वःअध्ययनबाटै जीवनमा पर्याप्त ज्ञान हासिल गरेका सुनसरीको इटहरीका अग्रज साहित्यकार जीबी लुगुनको मंगलबार निधन भएको छ।

सुनसरीका एसपी र इटहरीका इन्सपेक्टर निलम्बित

एक महिनाअघि प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी बालिकालाई जबरजस्ती बलात्कार गरेको घटनामा प्रहरी चुकेपछि सुनसरीका प्रहरी प्रमुख एसपी र इटहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई निलम्बन गरिएको छ।

इटहरी गोल्डकप : थ्रीस्टार फाइनलमा

थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो।

शनिबारदेखि उसु इटहरीमा

राखेप च्याम्पियनसिपअन्र्तगत १३औं राष्ट्रिय उसु प्रतियोगिता शनिबारदेखि इटहरीमा हुने भएको राखेपले जनाएको छ। नेपाल उसु संघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले शुक्रबार प्रतियोगिताको उद्घाटन गरे । पहिलो दिन उद्घाटन मात्र भयो।

मदन भण्डारी इटहरी गोल्डकप आजबाट सुरु हुदै

मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु हुँदैछ ।

इटहरी चोकमा प्रहरी र चालक समूहबीच झडप

सिटी सफारी चालकहरुको समूह र प्रहरीबीच इटहरी चोकमा झडप भएको छ। प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरी भिडलाई तितरबितर पारेको छ। एक घन्टादेखि चोक ठप्प पार्दै सिटी सवारी चालकहरुले प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

इटहरीको भलाद्मी टोलमा बम विस्फोट, १४ महिनाको बच्चासहित ४ घाइते

इटहरी उपमहानगरपालिा–९ स्थित भलाद्मी टोलमा बम विस्फोट हुँदा चार जना घाइते भएका छन्। घाइते हुनेमा १४ महिनाको बच्चा यमन न्यौपाने, १६ वर्षीया सिर्जना अधिकारी, १६ वर्षीया समृना अधिकारी तथा ४० वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन्।

इटहरीको जनता वस्तीमा बम बिस्फोट

इटहरी वडा नं. ५ को जनतावस्तीमा विहीबार अपरान्ह बम बिस्फोट भएको छ। अपरान्ह ४.१० बजे बम बिस्फोट भएको हो । पानीको नालामा बिस्फोटक पदार्थ बिस्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले बताए ।

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राख्दै र्‍याली

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राखेर शनिबार इटहरीमा शान्ति र्‍याली प्रदर्शन गरिएको छ। दुई सातादेखि इटहरी तथा आसपासका प्राध्यापक, नागरिक समाजका अगुवा, सामाजिक संस्थाका अगुवा, राजनीतिक दलको नेतृत्वकर्ता, अधिकारकर्मी, स्थानीय निकायलगायतले इटहरीलाई राजधानी बनाउन विभिन्न खाले कार्यक्रम गदैं आएकोमा शान्ति र्‍याली निकालिएको हो।

इटहरीमा पेस्तोल देखाएर पाँच तोला सुन लुटियो

इटहरीको व्यस्त बजारमा रहेको रोयल गोल्ड सुनचाँदी पसलबाट पाँच तोलाको सुनको सिक्री लुटिएको छ। मंगलबार मध्याह्न ग्राहक बनेर आएका एक व्यक्तिले पेस्तोल देखाएर पाँच तोलाको सुनको सिक्री लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरीलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउँछु : गच्छदार

उपप्रधान तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा इटहरीलाई महानगरपालिका बनाउने र प्रदेश नं. १ को राजधानी बनाउने आफ्नो मुख्य चुनाबी एजेन्डा हुने बताएका छन्। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्