२१ आश्विन २०८१ सोमबार
image/svg+xml

त्रिभुवन आर्मीलाई मदन भण्डारी गोल्डकप

दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। इटहरी रंगशालामा भएको फाइनलमा शनिबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। जितसँगै आर्मीले नगद १६ लाख रुपैयाँ प्राप्त गरेको छ।

आर्मी र मनाङ् उपाधिका लागि भिड्दै

दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

दोस्रो मदन भण्डारी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

मेची नेत्रालय काँकडभिट्टालाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै बुधबार त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

मदन भण्डारी गोल्डकप : थ्री स्टारलाई रोक्दै आर्मी सेमिफाइनलमा

थ्री स्टारलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन थ्री स्टार भने पहिलो खेलबाटै बाहिरिएको छ।

मदन भण्डारी गोल्डकप : आयोजकलाई हराउँदै मनाङ सेमिफाइनलमा

आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पुल निर्माण नहुँदै उद्घाटन

कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक खण्डमा पर्ने सेउती पुल दुई वर्षअघि नै उद्घाटन गरिए पनि अझैसम्म काम पूरा भएको छैन। ठेकेदारलाई पुलमाथि पट्टी परेका खाल्डाखुल्डी मर्मत गर्न सडक डिभिजन कार्यालय विराटनगरले ताकेता गरेको छ।

मदन भण्डारी गोल्डकप माघ १२ देखि, विजेतालाई १६ लाख

मदन भण्डारी स्मृति इटहरी गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही माघ १२ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिताको विजेतालाई १६ लाख र उपविजेतालाई आठ लाख रुपैयाँ पुरस्कार राशि राखेर माघ १२ गतेदेखि सुरु हुने प्रतियोगिता १९ गतेसम्म चल्नेछ।

नेपाल पुलिसलाई उपाधि

इटहरीमा सम्पन्न दोस्रो सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सोमबार विभागीय प्रतिद्वन्द्वी आर्मीलाई फाइनलमा स्तब्ध बनाउँदै उपाधि उचालेको पुलिसले नगद चार लाख रुपैयाँ प्राप्त गरेको छ।

विभागीय टोलीको विजयी सुरुआत

दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले विजयी सुरुआत गरेका छन्। पुलिसले प्रदेश नम्बर ३ लाई, त्रिभुवन आर्मीले कर्णालीलाई तथा एपिएफले प्रदेश नम्बर ७ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन्।

सभामुख कप भलिबल बिहीबारदेखि

सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आज बिहीबारदेखि इटहरीमा हुँदै छ। इटहरीमा पछिल्लो समय विशिष्ट व्यक्तित्वको नाममा ठूला खेलकुद प्रतिस्पर्धा हुने क्रममा सभामुख कप राष्ट्रिय भलिबल हुन लागेको हो।

इटहरीमा आगलागी, कराेडाैंकाे नाेक्सानी

इटहरीको व्यस्त बजारमा बुधबार दिउँसो आगलागी भएको छ। इटहरी वडा नं. ६ की रेखा पराजुलीको टिभी र फ्रिज सो रुमसँगै छेउमै सटेको गणेश लुईटेलको घरमा आगलागी भएको हो।

यु–१९ क्रिकेट खेलाडी इटहरीतर्फ

अन्डर १९ रोयल च्यालेन्जर भैरहवाको क्रिकेट समूहलाई बिदाइ गरिएको छ । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुन गइरहेको तेस्रो अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने क्रिकेट खेलाडीलाई बिदाइ गरिएको हो।

इटहरीमा सपिङ मल

श्रेष्ठ इन्टरटेनमेन्ट एन्ड हस्पिटालिटीले इटहरीमा सपिङ मल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स सञ्चालनमा ल्याएको छ ।

बाढीबाट बच्न डेरा खोज्दै

वर्षा लागेयता सुनसरीको इटहरी वडा नम्बर ३ की नीता लिम्बूको हरेक दिन त्रासमा बित्ने गरेको छ । अविरल वर्षाका कारण कतिबेला गाउँ नजिकैको बूढीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले उनलाई सताउने गरेको हो।

इटहरी वाणिज्य बैंकमा आधुनिक टोकन

राष्ट्रिय वाणिज्य बैंक इटहरीले शाखाले १ नम्बर प्रदेशमै पहिलोपटक आधुनिक टोकल प्रणाली सेवा सुरु गरेको जनाएको छ । ग्राहकलाई सुविधा दिँदै स्तरीय सेवा दिने उद्देश्यले सेवा सुरु गरेको शाखा प्रबन्धक सन्तोष लम्सालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्