२१ पुस २०८१ आइतबार
image/svg+xml

पाल्पामा ट्रयाक्टर र माेटरसाइकल आपसमा ठाेक्किँदा एककाे मृत्यु

पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर अापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नम्बरको मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर ठोक्किएकाे थियाे।

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ।

‘मिनी फेवाताल’ मा पर्यटक बढे (फाेटाे फिचर)

रामपुरमा कृत्रिम रुपमा बनाइएको तालपोखराले ‘मिनी फेवाताल’ को संज्ञा पाएको छ। पूर्वी पाल्पाको रामपुर नगरपालिका भित्रने जो कोही पनि तालपोखरा अवलोकन गर्न पुग्छन्।

ओखलढुंगाको रामपुरमा पुल बन्ने

मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा र मुख्य व्यापारिक केन्द्र रामपुर बजार जोड्न पुल बनाउने योजना अघि बढाइएको छ। रामपुर र प्राप्चाको बीचमा रहेको मोलुङ खोलामा ७ सय ५६ मिटर लामो झोलुंगे पुल निर्माण गर्ने तयारी थालिएको हो।

लालपुर्जाविहीन सहर

पाल्पाको सबैभन्दा ठूलो उपत्यका हो– रामपुर। रामपुर नगरपालिकाले जिल्लाको पहिलो व्यापारिक केन्द्रको पहिचान बनाउँदैछ। तर त्यही ठूलो रामपुर उपत्यकाका मुख्य बजारहरू बेझाड, किसानबारी, विजयपुर लालपुर्जाविहीन छन्।

कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन्।

कोमामा कृषि क्याम्पस

लगभग तीन महिनादेखि रामपुर क्याम्पसको अध्ययन–अध्यापन ठप्प छ। दैनिकजस्तो आन्दोलन, हड्ताल, आगजनी लगायतका समाचार प्रशस्तै पढ्न पाइन्छ। सवाल चाहिँ विश्वविद्यालयले केही नयाँ कलेजहरूलाई सम्बोधन दिएकोबारे हो। म आफू पनि त्यही क्याम्पस पढेर आएको हुनाले आन्दोलनको विषयमा केही बोल्नैपर्ने भयो। आन्दोलन र यसको उपजमा जानु अगाडि एकछिन रामपुर क्याम्पसको चलनचल्ती र बजारबारे चर्चा गरौँ।

पाल्पाको रामपुरमा बम विस्फोट

पाल्पामा आइतबार बिहानै बम विस्फोट भएको छ।  सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन्।

रौतहटको विश्रामपुरमा झडप, प्रहरीद्वारा २१ राउण्ड अश्रुग्यास प्रहार

रौटहटको वृद्धावन नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर विश्रामपुरमा झडप भएको छ । रौतहटमा १६ नगर र २ गाउँपालिका घोषणा भए पश्चात वृद्धावन नगरपालिकाको कार्यालय विश्रामपुरमा राखिएको थियो।

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् ।

डेढ महिनादेखि पाल्पाकाे रामपुर यातायात सेवाबिहीन

रामपुर (पाल्पा)– पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन्। गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगत डेढ महिनादेखि ठप्प छन्। रामपुर बसपार्कबाट स्याङ्जाको साँखर, तनहुँको गजरकोट घिरिङ भिमाद हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन नचल्दा यस क्षेत्रका यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्