१० मंसिर २०८१ सोमबार
image/svg+xml

एमसिसीलाई गिजोल्न पाइँदैनः ज्ञवाली

‘सार्वभौमसत्ता सम्पन्न संसद्का सदस्यले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ। संसद्मा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धन कार्यदलहरूको अँध्यारो घेराभित्र राखेर एमसिसीलाई गिजोल्न पाइँदैन।’

महाधिवेशनपछि एमाले थप प्रभावशाली भएको छ: नेता ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन्।

एमाले भित्र कसैको पनि फरक मत छैनः उपमहासचिव पौडेल

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए। विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ।

एमाले विधान महाधिवेशन: आज तीन प्रतिवेदनमाथि समूहगत छलफल हुने

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ।

देउवालाई भेट्न पुगे एमाले उपमहासचिव बालुवाटार

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो।

पूर्वअर्थमन्त्री पौडेलको आरोपः सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे। रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराए।

सभामुख सापकोटालाई पदीय मर्यादामा बस्न एमाले उपमहासचिव पौडेलको चेतावनी

उनल दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको? भनि सभामुख सापकोटालाई प्रश्न गरेका थिए।

पाण्डे र भुसालकाे स्पष्टीकरण: ‘ओलीका आरोप सबै झुटा हुन्’

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउँदै झूटा आरोप लगाएको बताएका छन्। संसदीय दलको बैठक र स्पष्टीकरण लेखिएका बुँदा दुवै झूटा आरोपको पुलिन्दा मात्रै भएको बताएका छन्।

फोरम उपमहासचिव शाह काँग्रेस प्रवेश

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे पूर्वसन्ध्यामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका सयौँ नेता कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्