१२ श्रावण २०८१ शनिबार
image/svg+xml

व्यावसायिक च्याउ खेतीप्रति आकर्षण

पोखरा महानगरपालिका ११ का ध्रुवबहादुर थापाले २०७४ देखि काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गरी व्यावसायिक च्याउ खेती गर्दै आएका छन्।

जङ्गली च्याउ खादा ताप्लेजुङमा एक दम्पती बिरामी

जङ्गली च्याउ पकाएर खाएपछि ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ बोझका एक दम्पती बिरामी परेका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

जीवनको सहारा बन्दै व्यावसायिक च्याउखेती

पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं. ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छिन्। व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बताइन्।

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती : पढ्दै कमाउँदै विद्यार्थी

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती गरेर म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौर र मालिका गाउँपालिका– ७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन्।

विद्यार्थीले विद्यालयमै उत्पादन गरे च्याउ

प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन्।

अस्ट्रेलिया जान छाडेर च्याउ खेतीमा जमेका वीरबहादुर

शुक्लाफाँटा नगरपालिका- ६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अस्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन्।

इञ्जिनियरिङ गरेका मिलन च्याउखेतीमा रमाउँदै

भारतमा ब्याचलर इञ्जिनियरिङको पढाइ पूरा गरेका मिलनले परदेशमा दुख गरेर कमाएको पैसालेभन्दा आफ्नै माटोमा मेहनत गरेर फलाएको नतिजाले लोभ्याएको बताए।

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

जंगलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका-२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन्।

आयातित बस्तुमा लेवल लगाउनुपर्ने व्यवस्था सच्याउन माग

आयातित वस्तुमा लेबल लगाउनुपर्ने व्यवस्था अमान्य भन्दै सच्याउन उद्योगी व्यवसायीहरूले सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन्। मोरङ व्यापार संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरीे साउनदेखि कार्यान्वयनमा आएको लेबलिङसम्बन्धी व्यवस्था सच्याउन ७ दिनको अल्टिमेटम दिएको हो।

जुम्लाका महिलालाई रातो च्याउ खोज्न भ्याइनभ्याइ

पाटनमा सुकेका खर्सु (डालो) रूखमा उम्रेको रातो च्याउ भेटिन्छ। यसलाई खर्सु च्याउ पनि भनिन्छ। लेकाली जंगलका खर्सुका सुकेका रूखमा मात्र रातो च्याउ उम्रन्छ ।

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी

जंगली च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का एकै परिवारका ४ जना बिरामी भएका छन्।

विषाक्त च्याउ खाँदा नौ जना बिरामी

पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्