२० आश्विन २०८१ आइतबार
image/svg+xml

पेट्रोलियम पाइपलाइनः सस्तो र सफा तेल, वार्षिक दुई अर्ब बचत

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ। दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो।

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्।

संसदमा हिन्दीमा बोल्दै अनिल झाले भनेः बाढी र डुबानको दोष भारतलाई नलगाउ

राजपाका अध्यक्ष मण्डलका संयोजक एवं सांसद अनिल कुमार झाले विपद व्यवस्थापन प्राधिकरण गठन गर्न माग गरेका छन्।

भारतको सहयोगमा कोटेश्वर क्याम्पसको नयाँ भवन, राजदूत पुरीले गरे उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्।

भारतीय गाडीमा ३५ किलो गाँजासहित ३ युवा उदयपुरमा पक्राउ

उदयपुरस्थित सशस्त्र प्रहरी बलको टोलीले भारतीय नम्बर प्लेटमा राखेर लैजाँदै गरेको अवस्थामा ३५ किलो गाँजासहित ३ युवालाई नियन्त्रणमा लिएको छ।

सम्बन्धको कसीमा नेपाल र भारत–चीन

भारत तथा चीनबीच सम्बन्ध प्रगाढको विषय हाम्रानिम्ति ‘बेगानी शादी में अब्दुल्ला दिवाना’ हुनु मात्र होइन। यसमा नेपालको आफ्नै सरोकार, हित र समृद्धिका स्वार्थ पनि लुकेका छन्।

कश्मीर भारतको आन्तरिक मामिलाः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला भएको बताएका छन्।

‘इमरानले कश्मीर देखाएर विश्वलाई तर्साउन खोजे, आतंकवाद नत्यागेसम्म वार्ता हुन्न’

भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले कश्मीरबारे भ्रम फैलाएको टिप्पणी गरेका छन्। युरोप भ्रमणका क्रममा ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै जयशंकरले कश्मीर नितान्त भारतको आन्तरिक मामिला भएको र पछिल्लो समय चालिएको कदम आतंकवाद नियन्त्रण र त्यहाँको आर्थिक विकासका लागि भएको दाबी गरे। उनले आतंकवादलाई प्रश्रय दिने गतिविधि नत्यागेसम्म पाकिस्तानसँग वार्ता नहुने पनि स्पष्ट पारे।

पाइप लाइन भदौ २४ मा उद्घाटन

दुई दशकदेखि चर्चामा रहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अर्को सातादेखि डिजेल आयात हुने भएको छ। भदौ २४ मा औपचारिक उद्घाटन भएपछि पाइपबाट डिजेल आउने नेपाल आयल निगमले जनाएको छ।

भारतीय रिजर्भ बैंकको चासो

केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो। सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेका छन्।

कश्मीरमा भारतीय कदम अस्वीकार्यः अमेरिकी नेता स्यान्डर्स

अमेरिकी बरिष्ठ नेता बर्नी स्यान्डर्सले कश्मीरमा भारतीय कदम अस्वीकार्य रहेको बताएका छन्। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारमा दाबेदारसमेत रहेका स्यान्डर्सले कश्मीरको अवस्थालाई लिएर आफू चिन्तित रहेको बताए।

भारत र पाकिस्तानबीच युद्ध भए भयावह हुनेछः इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुने चेतावनी दिएका छन्।  ‘५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए)लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताए।

गोरखाको पुनर्निर्माणबारे भारतीय राजदूतको चासो

भूकम्पको केन्द्रबिन्दु गोरखाको पुनर्निर्माणका बारेमा भारतीय राजदूत मन्जिभसिंह पुरीले चासो देखाउँदै स्थलगत निरीक्षण गरेका छन्। शनिबार र आइतबार उनले गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर र नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत बनेको निजी आवास पुनर्निर्माणको अवलोकन गरेका हुन्।

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने

भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन्।

२७ सरकारी कर्मचारीलाई एक्जिम ऋणबारे प्रशिक्षण

काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाबारे दुइदिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्