२० आश्विन २०८१ आइतबार
image/svg+xml

आधा खसीबोका तस्करीका

सरकारी अभिलेखमा चैतयता तीन सय ९८ वटा आयात भएको देखिए पनि उपत्यकाको प्रमुख खसी–बोका बजारमा आधा जसो भारतीय छन्।

प्राविधिक र आर्थिक क्षेत्रमा भारतको सहयोग सह्रानीय, मित्रता अमर रहोसः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्राविधिक र आर्थिक क्षेत्रमा भारतीय सहयोग सह्रानीय भएको बताएका छन्।

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ।

व्यापार सन्धिमा पुनरावलोकन गर्न नेपालको संशोधन प्रस्ताव

नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घ्युउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ। नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी  वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ।

साफ यु १८ को उपाधि भारतलाई

नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ। काठमाडाैंको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै सो उपाधि हात पारेको हो।

विरक्तलाग्दो सीमा क्षेत्र

सडकसँगै वर्खाको भलसमेत नेपालतर्फ लगाई दिदा ठाँउठाँउमा सानो सानो पहिरो गएको देखिन्छ। खुल्ला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरी निकासी समेत मौलाउँदै गएको देखिन्छ।

भारतीय सहयोगमा कुलेश्वर माविको भवन

भारतीय सहयोगमा काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर आवास माविको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

भारतद्वारा निर्मित कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन उद्घाटन

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु

भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन्। देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो।

गुरु देवजीको ५५० औं जयन्ती मनाइयाे

नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयन्ती मनाइएको छ।

भारत फाइनलमा

साफ यू–१८ च्याम्पियनसिप फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ। हलचोक मैदनमा शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतीय पर्यटकलाई स्वागत गरिएको हो।

पर्व नजिकिँदै जाँदा सीमावर्ती नाकाबाट पटाका बरामद

भारतीय सहरबाट अवैध रुपमा भित्र्याएको पटाका प्रहरीले सिरहा नगरपालिका– १५ सुखचैनाबाट बरामद गरेको छ। दीपावली एवं छठ पर्वलाई लक्षित गर्दै भित्र्याइएको करिब पचास हजार रुपैयाँ बराबरको पटाका र सुत्तली बम बरामद गरिएको प्रहरीले जनाएको छ।

भारत सेमिफाइनलमा

नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बुधबार भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्