१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गुरु देवजीको ५५० औं जयन्ती मनाइयाे

काठमाडाैं-  नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयन्ती मनाइएको छ। सोही अवसरमा नेपाल राष्ट्र बैंकले गुरु नाकक देवजीको प्रतिकको रुपमा त्याग गरेको तीन प्रकारका स्मारक सिक्का लन्च गरिएको छ। उक्त सिक्का सिख गभर्नर डा. चिरंजीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रुपमा लन्च गरेका थिए।

तीन प्रकारका नेपाली सिक्काका मुल्य एक सय, एक हजार र दुइ हजार पाँच सय रहेको छ। जसलाई नेपाल राष्ट्र बैंकले बिक्रिका लागि खुला गरेको छ। यसले नेपालसँगको सिख समुदायको गहिरो सम्बन्ध दर्शाउन पनि मद्दत गर्छ। 

सोही समारोहमा दुबै प्रतिष्ठित व्यक्तिले नेपालको सिख धरोहर नामक प्रकाशनको बिमोचन पनि गरे। उक्त पुस्तक बीपी कोइराला भारत नेपाल फाउण्डेशन, भारतीय दूतावासले प्रकाशित गरेको हो र त्यसले प्रमुख रूपमा सिख समुदयलाई नेपालसँग जोड्न खोज्ने प्रयास गरेको छ। राजदूत पुरीले नेपालको सिख धरोहरको मुख्य पक्षबारे प्रस्तुति पनि गरेका थिए।

उक्त समारोहमा एस हरप्रित सिंह, शोरोमणि गुरुद्वारा प्रभावक कमेटीका अध्यक्ष एस गोबिंद सिंह लोंगोवाल, अमृतसर, पंजाब, हरियाणा र हिमाचलको ऐतिहासिक गुरुद्वारका निर्वाचित व्यवस्थापकहरुका उपस्थित थिए।

पंजाब प्रदेशका केही प्रमुख सिख नेताहरूको पनि उपस्थिती रहेको थियो। त्यस्तै कार्यक्रममा लोकसभाका पूर्व उप-सभामुख चरणजीत सिंह अटवाल पनि सहभागी थिए। उक्त कार्यक्रममा नेपालका सिख समुदायका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका नेपालीहरू पनि उपस्थित थिए।

प्रकाशित: १० आश्विन २०७६ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App