१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

'सिरिन्ज होइन रमाइलोका लागि काँटीले मात्र घोचेको हुँ'

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरी बयान लिएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका सन्तोष कार्कीले सिरिन्ज आक्रमण नगरी रमाइलोका लागि ढलानको काँटीले घोचेको बयान दिएका छन्।

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक पक्राउ

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको छन् । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो ।

तालिबानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन्।

संसदमा सिरिञ्ज आक्रमणका घटना रोक्न माग

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सिरिञ्ज आक्रमण घटना रोक्न माग गरेका छन्। सांसद सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराए।

सिरिन्ज प्रकरणः एटिएमदेखि फिल्म हलहुँदै सडकसम्म

एक युवतीले मध्य रातमा ‘एचआइभी क्लवमा स्वागत छ’ भन्दै युवकलाई सिरिन्ज लगाइन। युवतीले एचआइभी संक्रमित सुई युवकलाई लगाएको पीडितले प्रहरीलाई जानकारी दिए। यो घटना अमेरिकाको सिटल शहरको उत्तरी क्षेत्रको हो। उक्त घटना १७ सेप्टेम्बरको करिव १२ बजेर १५ मिनेटको मध्य रातमा घटेकोे हो।

‘इरानी अस्त्र प्रणालीमा अमेरिकी साइबर हमला’

राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीबार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ ।

अमेरिकी आक्रमणले मध्यपूर्व प्रभावित हुन्छ : इरान

वासिङ्टनबाट उसको हितका लागि तेहरानविरुद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने शनिबार इरानले चेतावनी दिएको छ। ‘इरानविरूद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकमा पनि प्रभाव पार्नेछ,’ इरानी तासिम न्युज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गरी लेखेको छ।

गजेन्द्रमोक्ष कहिले बन्ला दुःखमोक्ष ?

गोहीको आक्रमणबाट हात्तीलाई विष्णुले उद्धार गरेको गजेन्द्रमोक्ष धाममा बर्सेनि हजारौं भक्तजन आउँछन्। तर, यसै क्षेत्रका बासिन्दाका लागि भने नारायणी नदी वर्षाैदेखि गोहीजस्तै बनेको छ। विगतको असमान गण्डक सम्झौताका कारण हरेक वर्ष नारायणीको भेलले त्रसित स्थानीय यो दुःखबाट उद्धारको प्रतीक्षामा छन्।

वेस्ट इन्डिजले आर्चरको आक्रमण झेल्ने

वेस्ट इन्डिजका प्रशिक्षक कोरे कोलिमोरले आफ्ना ओपनर क्रिस गेल इङ्ल्यान्डका बलर मार्क उड र जोर्फा आर्चरको आक्रमण निस्तेज पार्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्। युनिभर्सल बोसको उपनाम पाएका गेलले यसअघि नै जारी विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिने घोषणा गरिसकेका छन्। त्यसैले गेल आफ्नो पाचांै विश्वकप सहभागितालाई यादगार बनाउन चाहन्छन्। ‘क्रिस कुनै पनि बलरमाथि हाबी हुन र सजिलै रन जोड्न सक्षम छन्। उनी १६ वर्ष हुँदादेखि नै म उनलाई राम्रोसँग चिन्दछु,’ कोलिमोरले भने, ‘उनी सधंै चुनौतीको सामना गर्न तयार रहन्छन्। उनी सधै तीव्र गतिका बलरमाथि हाबी हुने गर्दछन्। म गेलले आफ्नो लयअनुसारको स्वाभाविक प्रदर्शन गर्दै आफूलाई पुनः एक पटक प्रमाणित गरेको हेर्न चाहन्छु। मैले आर्चर र उडको बलिङ पनि देखेको छु।’ ‘उड र र आर्चरले प्रभावशाली प्रदर्शन गर्दै आइरहेका छन्,’ कोलिमोरले थपे।

तगारो बन्न सक्ने रोय

वेस्ट इन्डिजको गतिलो बलिङ आक्रमणसामु इङ्ल्यान्डका ओपनर जेसन रोय तगारो बन्न सक्छन् । रोय घरेलु मैदानमा जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको उद्घाटन खेलमा ५४ रन प्रहार गरेका रोयले पाकिस्तानविरुद्धको दोस्रो खेलमा ८ रन मात्र जोडेका थिए । उनले तेस्रो खेलमा बंगलादेशविरुद्ध शतक पूरा गर्दै लयमा फर्किएको संकेत गरेका थिए ।

सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

मध्यबेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार चीनको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, २६ घाइते

यमनको हुथी विद्रोही समूहले साउदी अरबको दक्षिण–पश्चिममा रहेको एक विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा २६ सर्वसाधारण घाइते भएका छन् । साउनी सेनाले जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये तीन महिला र दुुई बालबालिका रहेका छन् । अभा विमानस्थलमा रहेको आगमन हलमा हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ ।

हवाई आक्रमणमा पाँच सैनिक मारिए

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्