१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मञ्च र डिसबीच सम्झौता नवीकरण

यसै महिनाको अन्त्यमा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच सह प्रायोजन सम्झौता नवीकरण भएको छ। मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदीप आचार्यले बुधबार सम्झौता नवीकरणपत्रमा हस्ताक्षर गरे।

भारत भ्रमणका बेला नयाँ सम्झौता नगर्न सुझाव

परराष्ट्रमामिला जानकारहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका बेला विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन र आपसी विश्वास बढाउने आधार तयार गर्न सुझाव दिएका छन्। भ्रमणले संविधान जारी भएपछि दुई देशबीच उत्पन्न असमझदारी हटाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन्।

सम्झौताविपरीत चिकित्सा शिक्षा ऐन ल्याइँदै

माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन पारित गर्ने सरकारी प्रतिबद्धताविपरीत संसदीय समितिमा विचाराधीन चिकित्साशिक्षा विधेयक संसद्मा पेस हुने भएको छ। सरकारले माथेमा प्रतिवेदनअनुसार नै विधेयक ल्याउने र त्यसको वातावरण बनाउन पूर्वाधार पुगेका कलेज खरिदका लागि मुख्य सचिवको अध्यक्षतामा साउन ३१ को मन्त्रीपरिषद्बाट समितिसमेत बनाइसकेको अवस्थामा विधेयक संसद्मा पेस हुन लागेको हो।

न्यू डायमण्डलाई शिवम् सिमेन्टको साथ, वार्षिक ८ लाखको सम्झौता

नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो।

नेपाल-चीन पेट्रोलियम पदार्थ अन्वेषण सम्झौता सम्पन्न

चीनले चार महिनाअघि नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको पहिलो चरणको पूर्व सम्भाव्यता अध्ययनपछि अन्तिम सम्झौता गरेको छ। मंगलबार दुई देशबीच पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

आधा दर्जन सम्झौतामा हस्ताक्षर गर्ने निर्णयसहित बिमस्टेक सम्पन्न

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५ औं विदेश मन्त्रीस्तरीय बैठक आधा दर्जन सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य रहेको बिमस्टेकको विदेश मन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो।

पेरिस सम्झौताबाट बाहिरने अमेरिकाको निर्णय

अमेरिकाले जलवायु परिवर्तनको पेरिस सम्झौताबाट बाहिरिने  जानकारी संयुक्त राष्ट्रसंघलाई दिएको छ।  जलवायु परिवर्तनको पेरिस सम्झौताबाट बाहिरिने निर्णय राष्ट्रपति ट्रम्पले गत जुनमा नै गरेतापनि यसको पूर्णरूपमा बहिर्गमनको प्रक्रिया नसकिएकाले औपचारिक रूपमा यसको कार्यान्वयन भइसकेको छैन्। राष्ट्रपति ट्रम्पले गत जुनमा गरेको यस निर्णयको कार्यान्वयन हुन लागेको जानकारी ह्वाइट हाउसले दिएको छ ।

राजपा चुनाबमा जाने/नजाने अनिश्चित, सरकारसँग छैन लिखित सम्झौता

सरकारले राजपाको माग देखाएर दुई नम्बर प्रदेशमा चुनाब सार्ने निर्णय गरे पनि असार १४ मा हुने १, ५ र ७ नम्बर प्रदेशमा सो पार्टी सहभागी हुने/नहुने निश्चित छैन। राजपा नेताहरु यसबारेमा स्पष्ट भइ नसकेको बताउँछन्।

पेरिस सम्झौताबाट हात नझिक्न अमेरिकालाई आग्रह

स्वच्छ ऊर्जा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु परिवर्तनसम्बन्धी ‘पेरिस सम्झौता’ बाट हात झिक्ने निर्णयको बिरोध गरेको छ । यसअघि दुईवटा संस्थाले निर्णयमा पुनर्विचार गर्न माग राख्दै अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएका थिए।

जहाज किन्न नागरिक लगानीसँग १२ अर्बको ऋण सम्झौता

नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको छ। निगमले सोमबार लगानी कोषसँग उक्त परिमाणबराबरको ऋण सम्झौता गरेको हो।

जहाज किन्न सञ्चय कोषसँग १२ अर्बको ऋण सम्झौता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता गरेको छ। उक्त ऋणको ब्याज दर वार्षिक ९ प्रतिशत तोकिएको छ।

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन्।

पेरिस सम्झौताबाट हात नझिक्न ट्रम्पलाई आग्रह

अमेरिकी राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट हात झिक्ने भनी गरेको घोषणाको विश्वव्यापी रुपमा विरोध भइरहेको छ।

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयको चर्को विरोध

जलवायु परिवर्तन सम्बन्धमा गरिएको अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ। सन् २०१५ मा जलवायु सम्बन्धी नीतिका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका थिए ।

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्