ताप्लेजुङमा खोलामा भेटियो महिलाको शव
गएराती परेको भारी बर्षापछि बढेको खोलाले बगाउँदा ताप्लेजुङमा एक महिलाको ज्यान गएको छ । तर उनको पहिचान खुलेको छैन । हावाहुण्डरीले बिभिन्न स्थानका घर तथा कार्यालयका का छाना उडाएको छ भने सदरमुकाम फुङ्लिङका बजार पसल भित्र भेल पसेर समस्या सृजना गरेको छ ।