५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा खोलामा भेटियो महिलाको शव

हावाहुरी तथा भारी बर्षाको प्रभाव

गएराती भएको बर्षापछिको भेलले क्षतिग्रस्त बनाएको मेची राजमार्गको बहानन्दे–ऐश्वर्यचौक खण्ड । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ- गएराती परेको भारी बर्षापछि बढेको खोलाले बगाउँदा ताप्लेजुङमा एक महिलाको ज्यान गएको छ । तर उनको पहिचान खुलेको छैन । हावाहुण्डरीले बिभिन्न स्थानका घर तथा कार्यालयका का छाना उडाएको छ भने सदरमुकाम फुङ्लिङका बजार पसल भित्र भेल पसेर समस्या सृजना गरेको छ । फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवास्थित हिरेवाखोलाले बगाउँदा अन्दाजी ३०–३५ बर्षिय एक महिलाकोे ज्यान गएको हो । उनको शब नग्न र तल्लो भाग पूरै क्षत बिक्षत अवस्थामा हिरेवाखोला छेउमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  

बाढीले बगाएर मृत्यु भएको ठानिएको ति महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको समेत प्रहरीले जानकारी दिएको छ । उता तमोर नदीमा पौडी खेल्न पसेका फुङ्लिङ नगरपालिक वडा नं ३ का १७ बर्षिय रोशन न्यौपानेको मृत्यु भएको छ । बाख्रा चराउन गएका उनी गर्मी छल्न भन्दै नदीमा पसेका थिए । उनलाई नदीले बगाएपछि खोजी गर्ने क्रममा केहि तल मृत अवस्थामा फेला पारिएको थियो । उनको शव पनि पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी भईरहेको छ । 

यता चट्याङ र हावाहुरीसहितको भारी बर्षाले ताप्लेजुङका बिभिन्न स्थानमा क्षति गरेको छ । ढलको उचित निकास नभएको फुङ्लिङ बजारका घर तथा पसलहरुमा भेल पसेर समस्या पारेको छ । मेची राजमार्गसहित यहाँका शाखा मार्गहरुमा समेत क्षति गरेको छ । हावाहुरीले जिल्ला खेलकुद विकास समितिको कार्यालयको छाना उडाएको छ भने पानी भित्र पस्दा अभिलेख सञ्चित भएका कम्युटर तथा कागजातमा क्षति पुगेको छ । मेची राजमार्गको काबेली–सशस्त्र प्रहरी चेकपोष्ट खण्डका ठाउँ–ठाउँमा सडक नै उक्काएको तथा सडक मार्ग नै बिग्रिएको छ ।  

भारी बर्षाका कारण ढल भएका स्थानमा पनि ढल भरिएर पानी पूरै राजमार्गमा दौडदा राजमार्गको केहि क्षेत्र बगाउनुका साथै पूरै स्वरुप बिगारेको छ । पानी तथा हावाहुरीले समस्या सृजना गरेको थाह पाए लगत्तै जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा बिपद् व्यवस्थापन समितिका पदाधिकारी तथा जिल्ला समन्वय समितिका प्रमुुख घनेन्द्र मादेन र फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलसहितको जनप्रतिनिधिको टोली स्थलगत अवलोकन तथा निरीक्षणमा रहेको छ । हावाहुरीले ताप्लेजुङमा प्रवाह हुने केन्द्रीय बिद्युत प्रसारण लाईन समेत गएरातीबाट अबरुद्ध भएको छ ।  

 

 

प्रकाशित: ३ जेष्ठ २०७७ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App