१६ भाद्र २०८३ मंगलबार
image/svg+xml

विपद्‍मा संसद्को ढोका बन्द

संसदीय मामलाका विज्ञहरू संसद् बन्द हुँदा पीडितको पीडा राष्ट्रिय बहसको अजेन्डा बन्न नसक्ने र सत्ता–प्रतिपक्षले एकसाथ उभिएर राष्ट्रिय एकताको सन्देश दिने अवसर गुम्ने बताउँछन्।

कामको बोझबाट बच्न बेपत्ता व्यक्तिको खोजी बिचमै रोक्ने प्रहरी : चार जना जिम्मेवारीबाट हटाइए

ती अधिकारीमाथि यसअघि अर्को बेपत्ता व्यक्तिको खोजी पनि समयअघि रोकेको आरोप लागेको थियो। ती ६० वर्ष आसपासका पुरुष पछि मृत अवस्थामा फेला परेका थिए।

पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै

रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

बाढीबाट प्रभावित बालबालिकाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल

राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा उद्धार गरिएका बालबालिकाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल गरेको छ।

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।

२५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना

आज देशका विभिन्न २५ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ।

इरानविरुद्ध आणविक हतियार प्रयोग गर्नेबारे ट्रम्पले के भने ?

यसअघि ट्रम्पले इरानसँग आणविक हतियार हुन नहुने बताउँदै अमेरिकी सैन्य कारबाहीको उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु रहेको बताएका थिए।

धादिङको सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ चार वैकल्पिक अस्थायी रुट कायम

यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ।

भोटेकोशी बाढी : पुनःस्थापनाका लागि २१ दिनभित्र काम अघि बढाउने कार्यदल गठन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले कार्यदल गठन गरेको छ।

लिभरपुलमा १२ करोड पाउन्डमा ब्राडली बारकोला अनुबन्धित

इंग्लिस क्लब लिभरपुलले फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी ब्राडली बारकोलालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अनुबन्ध गरेको छ। २३ वर्षीय विङ्गरले सोमबार स्वास्थ्य परीक्षण पूरा गरेपछि लिभरपुलसँग सम्झौता गरेका हुन्।

भोटेकोशी बाढी : ३१५ पर्यटकको उद्धार, ५८३ सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ।

बाढीपीडितमा मनोसामाजिक समस्या

जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढी प्रभावित क्षेत्रका मानिसमा डरत्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक छ।

राहत बुझ्दै मन्त्री पुनले भने : नेपाललाई एक अर्ब नगद सहयोग गर्ने युएई सरकारलाई धन्यवाद

युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा उक्त सहायता पठाइएको हो। राहतमा खाद्यान्न, आवश्यक सामग्री, जेनेरेटरलगायत बाढी तथा पहिरो प्रभावितका लागि आवश्यक सामग्री छन्।

एसिसी मेन्स प्रिमियर कप : पहिलो जित बाढीपीडितमा समर्पण

जितले कठिन समयबाट गुज्रिएका नेपालीको अनुहारमा केही भए पनि खुसी, शक्ति र मुस्कान ल्याउने उनको आशा छ।

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्