४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार

लामो प्रतीक्षापछि नेपाली कांग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ। अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको कांग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो।

रोल्पा नगरपालिकामा उम्मेदवारको टुङ्गो

यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

रोल्पाको भौतिक पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताएका छन्।

रोल्पालीलाई लोकतन्त्रको मलम

२०३८ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारका भूमिसुधार मन्त्री रोल्पाका रेगबहादुर सुवेदी अहिले सक्रिय राजनीतिबाट पाखा लागिसकेका छन् । लामो समयसम्म नेपाली राजनीतिमा सक्रिय रहे पनि उनी अहिलेको ‘धुमिल’ राजनीतिदेखि दिक्क छन् । ‘ढुंगामुढा गर्ने मान्छे किन्न र नेताको चाकडी चाप्लुसी गर्न नजान्दा राजनीतिबाट पाखा लागेँ,’ उनले हाँस्दै भने ।

स्थानीय निर्वाचनसँगै तंग्रिने रोल्पाको आशा

मध्यपश्चिमको विकट जिल्ला रोल्पा स्थानीय जनप्रतिनिधि छँदा विकासको मार्गमा बामे सर्दै थियो। जिल्लालाई प्राप्त हुने बजेट सदुपयोग हुन्थ्यो। सानो बजेटले सानै भए पनि विकासको प्रतिफल दिन्थ्यो। तर, माओवादी सशस्त्र द्वन्द्व सुरु भएपछि रोल्पा नराम्ररी थलियो। भएका विकासे संरचना भताभुंग भए।

अप्ठेरो परेर रोल्पा आएँः प्रधानमन्त्री दाहाल

रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन्। प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन्। राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए।

रोल्पामा महिलाको लाठी जुलुस

प्रदेश नं ५ वाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पाली महिलाले बुधबार सदरमुकाम लिवाङमा लाठी जुलुस प्रदर्शन गरेका छन्।

रोल्पा र प्यूठान शुक्रबार पनि बन्द

सीमांकन संशोधनको बिरोधमा बिहीबारदेखि बन्द रहेका राप्तीका दुई जिल्ला रोल्पा र प्यूठान शुक्रबार पनि ठप्प रहे। चार नम्बर प्रदेशमा गाभ्ने सरकारी निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका यी दुई जिल्लाबासीहरुले बिहीबारदेखि जिल्ला बन्द गरेर आन्दोलन कडा बनाएका छन्।

रोल्पाको सुलीचौर बन्द,प्युठानमा नमुना जनमत संग्रह

पाँच नम्बर प्रदेशबाट अलग्याउने प्रस्तावका बिरोधमा रोल्पा र प्युठानमा आन्दोलन जारी छ। मंगलबार पनि यि दुबै बजार बन्ददेखि नमुना जनमत संग्रह गरिएका छन्। चार नम्बर प्रदेशमा गाभ्ने प्रस्तावको बिरोधम रोल्पाको सुलीचौर बजार बन्द गरिएकाे छ। दिउँसो १ बजेदेखि बेलुका सम्म सरकारी प्रस्तावको बिरोध गर्दै स्थानीय व्यापारिहरुले स्वस्फुर्त बजार बन्द गराएका हुन्।

संशोधन विधेयकविरुद्ध प्युठान र रोल्पाको संयुक्त आन्दोलन

सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरीएपछि बिहिवार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधन सिमा प्रस्ताव दर्ता गर्दागरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।

रोल्पा र प्यूठानले संयुक्त आन्दोलन गर्ने

हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानलगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु मंगलबारदेखि भने संयुक्त आन्दोलनमा उत्रने भएका छन् ।

प्रदेश नटुक्र्याउन माग गर्दै रोल्पा बन्द

संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आधा दिन जिल्ला बन्द गरेका छन्।

अधुरै रोल्पाली सपना

२०५२ फागुन १ गते माओवादीले रोल्पाको होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह सुरु गर्‍यो। स्थानीय शान्ति समितिका अनुसार सशस्त्र विद्रोहमा जिल्लाका तीन सय २३ महिला एकल हुन पुगे।

डा.केसी रोल्पाको सुलिचौरमा, तीन सय बढीको उपचार

रोल्पा—चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका डा.गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ।

रोल्पाका ३० उद्योग र घरमा विद्युत् लाइन काटियो

समयमै विद्युत् महसुल नबुझाउँदा रोल्पा जिल्लाका विभिन्न गाविसका ३० ग्राहकको विद्युत् लाइन काटिएको छ । वर्षौंसम्म महसुल नबुझाउने ती ग्राहकको लाइन काटिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्