३ आश्विन २०८१ बिहीबार
image/svg+xml

रोल्पा प्रदेश सभा ख मा माओवादी बिजयी

रोल्पाको प्रदेशसभा तर्फ प्रदेश न. ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले २४ हजार ४ सय ९० मत ल्याएर बिजयी भएका छन् ।

रोल्पामा वर्षमान पुन अगाडि

प्रतिनिधि सभा माओवादी केन्द्रका वर्षमन पुनले १६ हजार ७ सय ५७ मत लिएका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ७ हजार ९ सय ५७ मत ल्याएका छन् । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश माओवादी केन्द्रका कुल प्रसाद केसीले ८ हजार ८ सय ३७ र नेपाली कांगे्रसका शेरबहादुर महराले ५ हजार ४ सय १२ मत ल्याएका छन् ।

रोल्पामा लोकतान्त्रिकलाई पछाडि छोड्दै वाम गठबन्धन

रोल्पामा चलिरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई पछाडि छोड्दै गएको छ ।प्रतिनिधि सभा तर्फ वामगठबन्धनका माओवादी केन्द्रका उमेदवार वर्षमान पुनले ६ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार २ सय ५१ मत ल्याएका छन । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश न. क मा माओवादी केन्द्रका कुल प्रशाद केसीले २ हजार ७ सय ४० र नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ९ सय ७८ मत ल्याएका छन् ।

रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

रोल्पामा बिहीबार बेलुकाबाट सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधि सभातर्फ १० हजार ६ सय ८२ गणना हुँदा माओवादी केन्द्रका वर्षमन पुनले ६ हजार २ सय ४७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार १ सय ३ मत ल्याएका छन् ।

रोल्पामा वाम गठबन्धनको अग्रता

रोल्पामा बिहीबार बेलुकाबाट सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले अग्रता लिएको छ। प्रतिनिधि सभा तर्फ १ हजार १ सय ४८ गणना हुँदा माओवादी केन्द्रका वर्षमान पुनले ६ सय ९५ मत लिएका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ सय ४३ मत ल्याएका छन । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश क मा माओवादी केन्द्रका कुल प्रसाद केसीले २ सय ९३ र नेपाली कांगे्रसका शेरबहादुर महराले २ सय ७९ मत ल्याएका छन् ।

थवाङका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम (भिडियो)

सुरक्षाका दृष्टिले अति सम्बेदनशील जिल्लाका रुपमा हेरिएको रोल्पामा मतदान र मतपेटिका ढुवानी सहज रुपमा सकाइएको छ। टाढा र सुरक्षा चुनौती देखिएका थवाङ र गामका मतपेटिका भने हेलिकप्टरबाट ल्याइएको छ। अन्य मतपेटिकाहरु पनि ठुलो सुरक्षा घेरा भित्र राखेर सदरमुकाम झारिएको छ।

रोल्पामा मतदान सुरु, थवाङमा १ सय मत खस्यो

रोल्पाका १ सय ६० मतदान कन्द्रमा बिहान ७ बजेदेखि उत्साहपूर्ण ढंगले मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेबलाल श्रेष्ठका अनुसार सबै स्थानमा बिहान ७ बजे देखि नै मतदान सुरु भएको हो ।

रोल्पाको सुरक्षा चुस्त (भिडियो)

माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा यतिबेला चुनाबको चटारो छ। उमेद्वारहरु घरदैलो कार्यक्रम गरिरहेका छन् भने स्थानिय प्रशासनलाई सुरक्षाको चुनौतिले थिचेको छ। पटक पटक उमेद्वारमाथि भएका बम आक्रमणका प्रयास गरिएसँगै नेता, कार्यकर्ता र प्रशासन जस्तै मतदाता पनि चिन्तामा छन्।

वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ।

रोल्पामा वर्षमान र अमरसिंह चुनावी मैदानमा

प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि पहिलो चरणको निर्बाचनमा भिड्न रोल्पाली उमेद्वारहरुले आ—आफ्नो मनोनयन पत्र दर्ता गराएका छन्।

रोल्पामा दलहरू उम्मेदवार टुंगो लगाए

दसैं सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् ।

रोल्पाको थवाङ गाउँपालिका प्रमुखको अपहरण

थवाङ गाउँपालिका अध्यक्ष अपहरणमा परेका छन्। माओवादी लडाकुका पूर्व कमाण्डरसमेत रहेका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेको प्रहरीले जनाएको छ।

विप्लबका कार्यकर्ताद्वारा रोल्पा जिसिअलाई कालोमोसो

रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गर्दै दुव्र्यवहार गरेका छन्। नेत्रविक्रम चन्द विप्लब नेतृत्वको पार्टीका कार्यकर्ताले स्रोत व्यक्तिसँग आफ्नै कार्यकक्षमा बैठक गरिरहेको बेला उनलाई कालो मोसो दलेका हुन्।

रोल्पाका स्वास्थ्य संस्थामा औषधीको अभाव

रोल्पाको एक मात्र अस्पताल लगायत गाउँका स्वास्थ्य संस्थामा औषधीको अभाब भएको छ। सरकारले निशुल्क दिने भनिएका औषधी पनि अस्पतालमा छैनन्।

मतदानको प्रतीक्षामा रोल्पाली

सदरमुकामबाट २६ कोस टाढा पश्चिमउत्तर रोल्पाको दुईखोली गाउँपालिका यतिबेला चुनावमय भएको छ। फरकफरक दलले दिनहुँ आयोजना गर्ने चुनावी कार्यक्रम, घरदैलो अभियान, झन्डासहितका गाडी, मोटरसाइकल र्‍यालीलगायतले यहाँ छुट्टै रौनक थपेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्