१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बेलायती निर्णयप्रति इयू अध्यक्ष दुखी

युरोपियन युनियन छाड्ने बेलायती निर्यणप्रति इयू अध्यक्ष डोनाल्ड टुस्कले दुःख व्यक्त गरेका छन् ।

बेलायत सरकारले भूतपूर्व गोर्खाको माग पुरा गर्ने

बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खाहरूले उठाउँदै आएको मागलाई सम्बोधन गर्न बेलायत सरकारले एक प्राविधिक समितिको प्रस्ताव गरेको छ ।  लामो समयदेखि रहँदै आएको भूतपूर्वगोर्खाहरुको गुनासो सुन्न बुधवार नेपाली तथा बेलायती सरकारबीच भएको छलफलको निचोड पछि सो समितिको गठन हुने भएको हो ।

युरोपियन युनियनबाट बेलायतको बर्हिगमन प्रक्रिया सुरु

बेलायतले युरोपेली युनियनबाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) बुधबारबाट सुरु गरेको छ। युरोपियन युनियनको कार्यालयमा बेलायतले युरोपियन युनियनबाट बाहिरिने औपचारिक पत्र हस्तान्तरण गर्दै धारा ५० कार्यान्वयन गर्न आग्रह गरेको छ।

बेलायती प्रधानमन्त्रीले गरिन् इयु छोड्नलाई हस्ताक्षर

बेलायतकी प्रधानमन्त्री टरिजा मे ले बेलायतले युरोपियन युनियन छाड्ने भनी बनाइएको औपचारिक पत्रमा हस्ताक्षर गरेकी छिन् । उक्त पत्र युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टुस्कलाई बुधवार हस्तान्तरण गरिनेछ ।

बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए

वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।

अर्को साता बेलायत युरोपियन युनियनबाट बाहिरिने

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले युरोपियन यूनियनबाट बेलायतको बहिर्गमन बारे आउँदो हप्ताको बुधबार औपचारिक जानकारी गराउने भएकी छिन्। डाउनिङ स्ट्रिटले बताए अनुसार मेले युरोपियन काउन्सिललाई पत्र लेखेर युरोपियन यूनियनबाट बेलायत बाहिरने जानकारी दिनेछिन्।

बेलायत कांग्रेसको एकता अधिवेशन हुने

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन अगामि जुलाई महिनामा हुने भएको छ।

ट्रम्पको बेलायत भ्रमण रोक्न हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बेलायतमा हुने भनिएको राजकीय भ्रमण रोक्नु पर्ने माग गर्दै दश लाख भन्दा धेरै मानिसले हस्ताक्षर गरेका छन्।

बाग्लुङमा एम्बुलेन्स किन्न बेलायतबाट सहयोग

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित ‘सरसर्ती संसार’को लन्डनमा भएको बिक्रीबाट जम्मा भएको रकम बाग्लुङमा एम्बुलेन्स खरिद गर्न खर्चिने भएको छ।

साढे ४ प्रतिशतसम्म ब्याजमा ऋण दिन बेलायती संस्थाको प्रस्ताव

युरोपको एक वित्तीय संस्थाले नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ सस्तो ब्याज दरमा उपलब्ध गराउने प्रस्ताव गरेको छ।

बेलायतमा सम्झिए पृथ्वी

बेलायतस्थित नेपाली समुदायले २९५ औं पृथ्वी जयन्ती मनाएका छन्। राष्ट्रवादी संगठन बेलायतको आयोजनामा बुधवार लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मनाइएको हो।

सोलुमा लेक लागेर बेलायतीको मृत्यु

खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ। भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए। उनको शव हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

बेलायतको न्यायप्रणाली बुझ्न न्यायाधीशको टोली लन्डनमा

बेलायती न्यायप्रणाली बुझ्न नेपालका न्यायाधीशहरुको टोली लन्डन आइपुगेको छ। टोलीमा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, सर्वेच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश रमेशप्रसाद रिजाल, सर्वोच्चका उपरजिष्ट्रार विश्वराज पौडेल र अधिकृत गीता श्रेष्ठ सहभागी छन्।

राजदूत सुवेदीद्वारा बेलायती महारानीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

बेलायतका लागि नियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेन्डर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सुवेदीले बिहीवार अपरान्ह बकिङघम प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

नेपालको आन्दोलनप्रति बेलायतको चासो, प्रदर्शनमा सहभागी नहुन अाफ्ना नागरिकलाइ अाग्रह

संविधान संशाेधनविरूद्ध नेपालका विभिन्न स्थानमा सुरू भएकाे अान्दाेलनप्रति वेलायतले चासाे देखाएकाे छ।वेलायतकाे विदशमन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई आन्दोलनबारे सचेत गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्