४ मंसिर २०८१ मंगलबार
image/svg+xml

डेनमार्कलाई अस्ट्रेलियाको चुनौती

समूह सी काे  अर्को खेलमा बिहीबार अस्ट्रेलियाको सामना गर्दा डेनमार्क लगातार दोस्रो जित हात पार्दै अघिल्लो चरणका प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ।

प्रदेश ४ को बजेट : सडकलाई प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख

प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ। शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले उक्त रकम बराबरको बजेट ल्याएका हुन्। जसमा चालुतर्फ रू. ६ अर्व ९१ करोड ५५ लाख रहेको छ। यो कुल बजेटको २९ प्रतिशत हो ।

ज्येष्ठ नागरिकलाई किन दुव्र्यवहार?

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार ज्येष्ठ नागरिक (६० वर्षमाथिको उमेर) माथिहुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’लाई जनाउँछ।

नेपालमा भारतीय कलाकार

नेपाल र भारतका कलाकारले मौलिक कलाका सीप साटासाट गर्ने भएका छन् । ठमेलस्थित मिथिला ऐं आर्ट ग्यालरीमा ६ दिनसम्म चलेको कला प्रदर्शनीमा भारतीय कलाकार र नेपाली कलाकारबीच मौलिकता साटासाट गर्ने सहमति भएको हो।

दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ। बुधबार बिहान दुई बजेतिर ९२ वर्षीया थापाको निधन भएको हो।

चरित्रमा गहिराइ खोज्दै कलाकार

महिलाको कपाल उसको सबैभन्दा ठूलो गहना हो। अझ कलाकारका लागि त झनै नभइ नहुने कुरा। त्यसैले त फिल्ममा हेयर स्टाइलिसको रुपमा काम गर्ने छुट्टै आर्टिस्ट हुन्छन्। तर नम्रता श्रेष्ठले वर्षौंदेखि स्याहारेको कपाल फिल्मका लागि तिलान्जली दिइन्। केही दिनअघि भएको ‘जाइरा’को प्रेसमिटमा नम्रताको छोटो कपाल फोटो पत्रकारको फ्ल्यासको केन्द्रमा प-यो। फिल्ममा बक्सिङ खेलाडीको रुपमा देखिने नम्रताले चरित्रलाई विश्वसनीय बनाउन कपाल छोट्याउन राजी भएकी थिइन्।

रसुवाका कृषकलाई हाते ट्याक्टर वितरण

रसुवाको उत्तरगया गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ। खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो। गाउँपालिकाको कृषि सहकारी र कृषक समुहमा आवद्ध १२ जना कृषकलाई सामग्री वितरण गरिएको शाखाले जनाएको छ।

कलाकारकाे वल्र्डकप तयारी

नायिका तथा निर्मात्री ऋचा शर्माले टेलिश्रृंखला ‘हाम्रो टिम’मा फुटबलरको रुपमा अभिनय गरेकी छिन्। एक टेलिभिजनबाट प्रसारण भएको सिरियल ‘हाम्रो टिम’मा फुटबल खेलाडीको भूमिकामा अभिनय गरेकी ऋचाले यो सिरियलको १३ भागसम्म फुटबल खेलिन्। विश्वकपको मुखैमा हरेकले आआफ्नो टिम छानिरहँदा ऋचाले आफू जर्मन टिमको पक्षमा रहेको बताइन्।

सेञ्चुरीका ग्राहकलाई ओम हस्पिटलमा छुट

सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एन्ड रिर्सच सेन्टरबीच विभिन्न सेवा, सुविधामा छुट दिने विषयमा सम्झौता भएको छ। बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा सेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको जनाएको छ।

त्रिदेशीय सीमामा विदेशी नागरिकलाई कडाई

नेपाल सरकारले त्रिदेशीय सीमा ब्याँस क्षेत्रमा विदेशी नागरिकलाई  निगरानी तथा अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने गरी स्थानीय प्रशासनलाई परिपत्र गरेको छ।

प्रदर्शनीमा क्यारिकेचर कला

नेपाली समाजमा चिनिएका केही व्यक्तित्वका क्यारिकेचर यतिबेला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ।

विद्यार्थीको कला प्रदर्शनी

सिर्जना कलेज अफ फाइन आर्टमा कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले सिर्जना गरेका कलाको प्रदर्शनी नेपाल कला परिषदमा आइतबार सुरु भएको छ आइतबार सुरु भएको छ । कलाको सैद्धान्तिक ज्ञानसहितको पेन्टिङ तथा अन्य विविध विधाका संयुक्त स्वरुपको एप्लाइ आर्ट शीर्षकमा उनीहरूले कला प्रदर्शनी गरेका हुन्।

कलाकार खोज्दै सलोन र आमेश

अभिनेता सलोन बस्नेत र आमेश भण्डारी लगायतको टिमले ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै कलाकार छान्ने भएका छन्। उनीहरूले देशका विभिन्न भागमा अडिसन गर्दै प्रतियोगी छान्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई म्युजिक भिडियो तथा फिल्ममा अवसर दिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्