९ असार २०८१ आइतबार
image/svg+xml

‘क’पढेकालाई ‘ल’को जिम्मेवारी

‘हामी ‘क’ पढेकालाई सरकारले ‘ल’को जिम्मेवारी दिएपछि भारी महसुस भएको छ। यद्यपि, दुःखसुख न्याय सम्पादनको काम गरिरहेका छौं’, यो भनाई नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष कुमारी देवी शर्माको हो।

करेन्ट लागेर महिलाको मृत्यु

घाँस काट्न जंगल जाँदै गरेकी एक महिलाको सल्यानमा करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका २ की ३६ वर्षिया भुमी ओलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। स्थानीय सेराचौरमा घाँस काट्न जंगल जाँदै गरेकी उनीलाई भुइँमा झरेको तारबाट करेन्ट लागेको बताइएको छ।

आमाले गरिन सात महिने छोरीको हत्या

सल्यानमा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छिन्। जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षिया सपना भण्डारीले आफ्नै सात महिनाकी छोरी जानकीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

सोलार चोरीपछि गाउँमा पानी हाहाकार

सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१० माझकाँडाका रामलाल यरीको परिवारले गाउँ छोडेको छ। माझकाँडामा पानीको हाहाकार भएपछि यरी परिवार बाध्य भएर ढोरपीपलमा बसाइँ सरेको हो। माझकाँडाबाट मनबहादुर पुनको परिवार पनि ढोरपीपलमा बसाइँ सरेको छ। गाउँमा एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता भएपछि आफूहरूले गाउँ छोडेको रामलाल र मनबहादुरले बताए।

यात्रुबाहक गाडीमा खसीबोका राखे सार्वजनिक मुद्दा लाग्ने

सल्यानमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा खशीबोका राखेमा कारबाही हुने भएको छ। गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो। यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले गाडी व्यवसायीले केही रकमको लोभमा यात्रुबाहक गाडीमा खसीबोका राख्दै आएकाले यसलाई अब पूर्ण रुपमा बन्द गरिने बताएको छ।

आगलागीमा परेर तीन जनाको मृत्यु, १३ घर जलेर नष्ट

गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा भइरहेको आगलागीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। आगलागीका कारण १३ घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ रामकाडाबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु आगो नियन्त्रणका लागि खटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

वडा सदस्य छाडेर शिक्षण पेशामा

नेचासल्यान गाउँपालिका– ५ कि वडासदस्य रीताकुमारी शर्माले वडासदस्य छाडेर पढाउन थालेकी छिन्। उनले सोलुदुधकुण्ड नगरपालिका १ हेवास्थित दूधकुण्ड आधारभूत विद्यालयमा शिक्षक पदमा नियुक्ति लिएको अर्का वडा सदस्य उत्रमान राईले जानकारी दिए। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित शर्माले एक वर्षपछि तत्कालीन वाम गठबन्धनलाई सघाउने भन्दै दल बदलेकी थिइन्।

पढाउन थालेकी वडासदस्यले भनिन् – 'राजनीति गर्न मन लागेन’

नेचासल्यान गाउँपालिका ५ की वडासदस्य रीताकुमारी शर्माले सोलुदूधकुण्ड नगरपालिका १ हेवास्थित दूधकुण्ड आधारभूत विद्यालयमा नियुक्ति लिएको टाक्सिन्दुका वडासदस्य उत्रमान राईले जानकारी दिए।

ट्रयाक खोलेको ३४ वर्षपछि कालोपत्रे

निर्माणाधिन धादिङबेंसी–सल्यानटार आरुघाट सडकखण्ड ट्र्याक खोलेको ३४ वर्षपछि स्तरोन्नतिसहित कालोपत्रे सुरु गरिएको छ। धादिङलाई गोरखासँग जोड्ने एक मात्र महत्त्वपूर्ण सडकको रूपमा चिनिएको योे सडकको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट कालोपत्रेको काम सुरु गरिएको हो। सडक बन्न ढिलाइ हुँदा बर्खामा हिलो र हिउँदमा धुलोको समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।

वेपत्ता भएको पाँच दिनपछि शिक्षकको शव फेला

सल्यानमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका–१४ का दिलबहादुर गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सोही ठाउँमा रहेको लक्ष्मी आधारभुत विद्यालय पानी खोलाका शिक्षक गिरी गत शुक्रबारदेखि वेपत्ता भएका थिए।

बेइज्जत गरेको रिसमा साथीको हत्या !

सोही गाउँपालिका ६ खोलीगाउँका ३९ वर्षीय श्याम भन्ने फौदबहादुर भण्डारीलाई हत्या गरेको आरोप प्रहरीले उनीमाथि लगाएको छ।

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडकको दाङ–सल्यान सडक खण्डमा मर्मतको काम सुरु भएकाले शनिबारदेखि दैनिक ९ घण्टा बन्द सुरु भएको हो। सडकमा ओटासील गरिएको लामो समय पछि यहाँ मर्मतको काम सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङको आर्थिक सहयोगमा दाङको तुल्सीपुरदेखि सल्यानको कपुरकोटसम्म मर्मतको काम सुरु भएको हो।

सुत्केरी बचाउन कैदीले गरिन् रक्तदान

शनिबार जिल्ला अस्पताल सल्यान खलंगामा उपचार गराउन आएकी एक सुत्केरीको ज्यान कैदीले बचाएका छन्। रोल्पा गंगादेव गाउपालिका ७ की २१ वर्षीया मनिषा केसी (ओली)लाई जिल्ला अस्पताल सल्यानमा रगत अभाव भएपछि कैदी पूजा घर्तीमगरले दिइन्। कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागारमा रहेकी उनले रगत दिएको अस्पतालले पुष्टि गरेको छ।

गाउँपालिकाको गीत छनोट

नेचासल्यान गाउँपालिकाले गाउँपालिकाको गानको रूपमा प्रयोग गरिने गीतको छनोट गरेको छ। गत भदौमा सार्वजनिक रूपमा गाउँपालिका गान आव्हान गरेको गाउँपालिकाले पुस २ गते नतिजा प्रकाशन गरेको थियो।

प्लस्टिक प्रयोगमा रोक लगाइने

नेचासल्यान गाउँपालिकाले सिसाजन्य र प्लास्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चैत ५ मा बसेको गाउँसभाले आर्थिक वर्ष २०७६÷७७ को साउन १ देखि गाउँपालिकामा सिसा र प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्